वृद्धाभत्ता बढाउनुपर्ने माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
वृद्धाभत्ता बढाउनुपर्ने माग

सारांश

  • काठमाडौँ, २९ माघ , ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् ।
  • अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् ।
  • ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन ।

काठमाडौँ, २९ माघ , ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् ।

अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् ।

ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन ।

अग्रज समाज नेपालको अगुवाइमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्ध कुनै निहुँमा उजुरी गर्न नपाइने समेत माग गर्दै आएका छन् ।

अग्रज समाजका अध्यक्ष महाप्रसाद पराजुलीले आफ्ना मागबारे पटकपटक सरकारलाई सुनाउँदै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गर्नुभयो । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ ।

पछिल्लो पटक ज्येष्ठ नागरिक ९दलित, महिला, लोपोन्मुख जाति, आदिवासी, कर्णालीवासी० र एकल महिलाले ५५ वर्ष र अन्य ज्येष्ठ नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको संख्या ९६० वर्ष पुगेका० २५ लाखअर्थात कूल जनसंख्याको ८।१३ प्रतिशत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
छोरी बलात्कार गर्ने बाबु पक्राउ
छोरी बलात्कार गर्ने बाबु पक्राउ
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’
कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?

तपाईंले छुटाउनुभयो कि?