प्रदेश नं ४काे नाम गण्डकी राख्न दिन्नाै: जनजाति महासंघ
सारांश
- काठमाडौं, २१ असार ।
- प्रदेश ४ को नाम गण्डकी राख्न लागिएकोकामा आदिवासी जनजाति महासंघले विरोध जनाएको छ ।
- महासंघले बिहीबार संयुक्त विज्ञप्ति निकालेर प्रदेश ४ को नाम तमुवान मगरात नराखी गण्डकी राख्न खोजिनु एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तन भएको आरोप लगाएका छन् ।
काठमाडौं, २१ असार । प्रदेश ४ को नाम गण्डकी राख्न लागिएकोकामा आदिवासी जनजाति महासंघले विरोध जनाएको छ ।
महासंघले बिहीबार संयुक्त विज्ञप्ति निकालेर प्रदेश ४ को नाम तमुवान मगरात नराखी गण्डकी राख्न खोजिनु एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तन भएको आरोप लगाएका छन् ।
महासंघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ
‘प्रदेशको नामाङ्कनका लागि प्रदेशसभाद्वारा गठित समितिको प्रतिवदेनको समेत अवमूल्यन गर्दै त्यस प्रदेशमा ‘तमुवान–मगरात’को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशसभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनले ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘गण्डकी’ प्रदेश नामाकरण गर्न लागेको खबरप्रति सम्पूर्ण आदिवासी समुदाय यो प्रक्रियाको तिब्र भत्र्सना गर्दछ’।
‘पहिचानको मूलभूत सिद्धान्तलाई भुलेर प्रदेश सरकार अघि बढे देश र जनताका लागि गम्भीर ऐतिहासिक भूल हुने स्मरण गराउँदछौं’ ‘ साथै प्रदेश संसदको यसखाले कदमले वर्तमान राज्य सरकारले परिकल्पना गरेको स्थायी शान्ति सहितको समृद्ध नेपाल र सुखी नेपालीको कार्यभार पुरा हुन नसक्ने र मुलुक फेरि द्वन्द्वतिर जाने समेत अवगत गराउँदछौं’ ।विज्ञप्तिमा भनिएको छ ।
बुधबार प्रदेशसभा ४ को सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीले प्रदेशको नाम गण्डकी नै राख्ने निर्णय गरेको थियो ।
आदिवासी जनजाति महासंघ, तमुह्युल छोँध धी गुरुङ राष्ट्रिय परिषद, नेपाल मगर संघ, नेवास् देय् दबु, नेपाल तामाङ घेदुङ, किरात याक्थुङ चुम्लुङ र नेपाल शेर्पा संघले संयुक्त विज्ञप्ति जारी गरी ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी प्रदेश ४ को नाम ‘तमुवान–मगरात’ नामाकरण गर्न प्रदेश आग्रह गरेको छ ।
संघसंस्थाले अंक गणितको दम्भमा जनभावना विपरीत प्रदेशसभाले गलत निर्णय गर्न गएको भन्दै उक्त निर्णयबाट उत्पन्न परिणामको जिम्मेवारी प्रदेश सरकार र प्रदेश संसदले लिनुपर्ने चेतावनी दिएका छन् ।
(Ativan)
प्रतिक्रिया