संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि

सारांश

  • नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ ।
  • यसअघि समेत नेकाको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताउनुभयो ।
  • जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले नेपाली काँग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेश अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।

नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ ।

यसअघि समेत नेकाको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताउनुभयो । जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले नेपाली काँग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेश अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।

नेता निधिले वर्तमान संविधानले संघीयता, गणतन्त्र ल्याएको भन्दै संविधानमा हस्ताक्षर नगर्नेहरुलाई भावी पुस्ताले धिक्कार्ने निश्चित रहेको बताउनु हुँदै भन्नुभयो, “संविधान नै नभए अहिले संशोधन कहाँ हुने, यही सोचका साथ नेका संविधान जारी गर्न तयार भयो ।”

मधेश आन्दोलनको नाउँमा संगठित भएर केही दल सीमाङ्कन बिना संविधान जारी गर्न तयार भएको अवस्थामा संघीयता सहितको संविधान जारी गर्ने सर्वोच्चको तत्कालीन न्यायाधीश गिरिशचन्द्र लालद्वारा गरिएको निर्णयलाई सबभन्दा पहिला नेपाली काँग्रेसले स्वागत गरेको निधिले बताउनुभयो ।

नेता निधिले जनकपुरको धार्मिक, सांस्कृतिक, आध्यात्मिक मान्यतालाई अक्षुण्ण राख्दै स्थानीयवासीको भावनाअनुसार विकास निर्माणको कार्यमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले विगतमा समेत जनकपुरको विकासप्रति प्रतिबद्ध रहेको बताउँदै जनकपुरलाई प्रादेशिक राजधानी र विकासको प्रमुख उद्देश्यका साथ चुनावमा उम्मेदवारी दिएको बताउनुहुँदै अगामी मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो ।

यसैबीच, कार्यक्रममा राजपा, नेकपा (एमाले) र राप्रपा सहितका राजनीतिक दल परित्याग गरी करिब ७० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा स्थानीय देवेन्द्र यादव, सदन भगत, मनोज मिश्र, शैलेन्द्र नारायण मल्लिक, युगलकिशोर लाभ, समानुपातिक उम्मदेवार स्मृतिनारायण चौधरी, शिवचन्द्र चौधरी, मिनाक्षी झा र जगदीश महासेठ सहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Yagna Kandel

    यो मोदिको सन्तान को खैरो खनी दिल्ली पथाउनु पर्छ

    Comment Author

    Lalbahadur Budha

    तेराे बाउ तुरटि तुरटि भय किनउमेदुवारि दिस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?