कोभिड–१९ विरुद्धको खोप प्रमबाट शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १४, २०७७
|
|
३१ पटक हेरिएको
Shares
कोभिड–१९ विरुद्धको खोप प्रमबाट शुभारम्भ

सारांश

  • आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट आज बिहान खोपको शुभारम्भ गरेका हुन् ।
  • शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी रहेका थिए ।

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट आज बिहान खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी रहेका थिए ।

प्रधानमन्त्री ओलीले खोपको शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन समेत सुरु भएको छ। यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप सेवा सुरु भएको छ ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार आज ०।५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने छ । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिन सक्नेछन् । खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
राष्ट्रसंघीय महासचिवद्वारा निन्दा
राष्ट्रसंघीय महासचिवद्वारा निन्दा
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
नाना पाटेकर पछि चर्चित लेखक चेतन भगतलाई लाग्याे यौन उत्पीडनकाे अाराेप !
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

रिलिज नहुँदै साहोले लगानी उठाएर नाफामा गइसक्यो
रिलिज नहुँदै साहोले लगानी उठाएर नाफामा गइसक्यो
थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन
थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन
जिस्म२’ को छायांकन सकियो
जिस्म२’ को छायांकन सकियो
चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता म्याग्दीमा सुरु
चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता म्याग्दीमा सुरु
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो

तपाईंले छुटाउनुभयो कि?