यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
७१ पटक हेरिएको
Shares
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध

सारांश

  • बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीको विवाहको चर्चा अहिले पनि बलिउड फिल्म उद्योगमा हट इस्यु बनिरहेकै छ ।
  • गत सोमबार यी दुईले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।
  • यी दुई रिलेसनशिपमा रहेदेखि नै सञ्चारमाध्यमा छाउँदै आएका थिए ।

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीको विवाहको चर्चा अहिले पनि बलिउड फिल्म उद्योगमा हट इस्यु बनिरहेकै छ । गत सोमबार यी दुईले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । यी दुई रिलेसनशिपमा रहेदेखि नै सञ्चारमाध्यमा छाउँदै आएका थिए । तर पछिल्लो समय उनीहरुको ब्रेकअप भएको समेत अनुमान गरिएको थियो । तर यी सबै खाले अनुमानलाई गलत सिद्ध गर्दै उनीहरुले इटलीको पर्यटकीय शहर मिलानमा विवाह गरे । र, अन्ततः प्रेमीप्रेमिकाबाट श्रीमान श्रीमतीमा परिणत भए ।

प्रेमको सुरुवात २०१३ !
अनुष्का र बिराटको प्रेम कहानी सन् २०१३ बाट सुरु भएको थियो । एउटा प्रोडक्टको विज्ञापनको क्रममा बिराट र अनुष्काको भेट भएको थियो । विज्ञापनको सुटिङताका नै गहिरो दोस्ती सुरु भए पछि उनीहरुको भेटघाट बाक्लियो । यसरी बाक्लिएको भेटघाटकै आधारमा उनीहरु गहिरो रिलेसनमा रहेको अड्कल गरिन थालिएको थियो । जब २०१४ मा दक्षिण अफ्रिकामा क्रिकेट खेलेर फर्किएका बिराटलाई लिन मुम्बई एयरपोर्टमा अनुष्काले कार पठाइन् । र, एयरपोर्टबाट अनुष्काले पठाएको कारमा बिराट सिधै अनुष्काको घर गए । जबकी टिम इण्डियालाई आरामका लागि मुम्बईमै होटलको व्यवस्था गरिएको थियो । यो घटनापछि भने उनीहरु बीच प्रेम सम्बन्ध रहेको स्पष्ट भयो ।

त्यसयता बिराट र अनुष्का पटक पटक सार्वजनिक स्थानमा एकसाथ देखिन थाले । खेलको क्रममा न्यूजिल्याण्ड पुगेका बिराटलाई भेट्न अनुष्का त्यही पुगिन् । यता पिकेको सुटिङ भइरहेको समय अनुष्काको २६औँ जन्मदिन सेलिब्रेसन गर्न बिराट पनि सुटिङस्थल नै पुगे । यति भइसके पछि भने उनीहरु सञ्चारकर्मी तथा बलिउड फिल्म र भारतीय क्रिकेट पारखीबीच हट इस्यु बने । सञ्चारकर्मीले सम्बन्धको बारेमा सोधेका प्रश्नमा बिराटले अस्वीकार गरेनन् । तर २०१६ मा भने उनीहरुको सम्बन्धमा दरार आएको गसिप बाहिरियो । एक म्यागेजिनका लागि अनुष्काले खिचाएको ग्ल्यामर्स तस्विरका कारण बिराट रिसाएको र सम्बन्ध टुक्रिएको अनुमान गरियो । तर लगत्तै दुवै फेरी सँगसँगै केही कार्यक्रमका साथै न्यूयोर्कमा छुट्टि मनाइरहेको अवस्थामा देखिए पछि भने यो अनुमान पनि गलत सावित भयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Anjan Kuikel

    एस्तो खाते निउज पनि हाल्ने हो काम छैन तिमेर्को देस मा के भै रहेको छ त्यस्को बारे मा पो निउज बनाउने ईन्डिया को मान्छेले बिहे गरेको हगेको मुतेको सब निउज बनाओ के पि ओलि फेन क्ल्ब हरे ध्हिक्कर छ तिमेर लाइ

    Comment Author

    सुस्मिता सुनुवार

    N why is kp. oli fan club sharing it?
    Kp oil should only focus on development of Nepal not on others marriage relation ??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?