‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
‘जसले बासको व्यवस्था गर्छ उसैलाई भोट’

सारांश

  • उर्लाबारी – मिक्लाजुङ–६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिन्छन्।
  • विसं २०७३ असार ७ गते बाढीले उनको घर र खेत बगायो।
  • अहिले जंगलमा टहरा बनाएर बस्दै आएका छन् ।

उर्लाबारी – मिक्लाजुङ–६ बेतेनीका ६३ वर्षीय मानबहादुर गोले त्यो कहालिलाग्दो दिन सम्झेर भक्कानिन्छन्। विसं २०७३ असार ७ गते बाढीले उनको घर र खेत बगायो। अहिले जंगलमा टहरा बनाएर बस्दै आएका छन् ।

गोले मात्र हैनन, नुनसरी बक्राहा खोलाको बाढीले घरबारविहीन भएका दुई दर्जनभन्दा बढी घरपरिवार अहिले टहरामा बास बस्दै आएका छन्। डेढ वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका उनीहरुको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ।

“जंगली जनावरको त्रास बोकेर बास बसेका छौँ,” २२ वर्षीय डम्बर दर्जीले भने, “राति जंगली हात्तीले सताउँछ, ज्यानै जाला भन्ने डर भइसक्यो।”

अहिले चारैतिर चुनावी चहलपहल छ। स्थानीयवासी नरमाया अधिकारी आफूहरुलाई चुनाव नलागेको बताउँछन्। स्थानीय तह निर्वाचनमा आश्वासन बाँडेर गएका नेता अहिलेसम्म फर्केर नआएको उनको भनाइ छ।

“थुप्रै वाचा बाँडेर गएका थिए, फर्केका छैनन्,” उनले भने। आसन्न मंसिर १० र २१ गतेको चुनावमा उठेका उम्मेदवार कोही पनि अहिलेसम्म नआएका अधिकारीले बताए।

अधिकारीलाई मात्रै हैन विस्थापित भएका बाढीपीडितलाई निर्वाचनबारे खासै जानकारी छैन। अहिलेसम्म चुनावी अभियान लिएर कुनै पनि दलका नेता र उम्मेदवार नपुग्दा उनीहरुमा चुनावसम्बन्धी उत्साह छैन । उनीहरु भन्छन्, “जसले बासको व्यवस्था गरिदिन्छ उसैलाई दिइन्छ भोट।”

आँगनमा काखेबालकलाई खेलाउँदै बसेकी मनिला तामाङ गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न उम्मेदवारसँग माग गर्ने बताउँछन्।

मिक्लाजुङ मोरङको क्षेत्र नं १ मा पर्छ। मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा र काँग्रेसबाट डिगबहादुर लिम्बू उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा सदस्यका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अशोक चेम्जोङ, नेपाल संघीय समाजवादी पार्टीबाट नरेन्द्रशम्शेर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट फिपराज लिम्बू, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय समाजवादी फोरम नेपालबाट राजकुमार लिम्बू तथा स्वतन्त्रबाट यामप्रसाद दाहाल र भीमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन्। यस निर्वाचन क्षेत्रमा एक लाख सात हजार २३५ मतदाता रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो
रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै
उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै
सामुदायिक वनमा सालकको संख्या उल्लेख्य !
सामुदायिक वनमा सालकको संख्या उल्लेख्य !
८ सदस्यीय मन्त्रीमण्डल गठनकाे तयारी  -को को बन्दै छन त मन्त्री  ?
८ सदस्यीय मन्त्रीमण्डल गठनकाे तयारी -को को बन्दै छन त मन्त्री ?
सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्
सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

तपाईंले छुटाउनुभयो कि?