चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
२७ पटक हेरिएको
Shares
चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

सारांश

  • काठमाडौँ ।
  • बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शनी हुने भएको छ ।
  • ‘द पाल्म गुप्र प्रालि’ले निर्माण गरेको चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले बताए ।

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शनी हुने भएको छ ।

‘द पाल्म गुप्र प्रालि’ले निर्माण गरेको चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले बताए । चलचित्र डोल्पा जिल्लाको शे फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।

चलचित्र निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र दाहालबीच भेटवार्ता, के कुरा भयो ?
ओली र दाहालबीच भेटवार्ता, के कुरा भयो ?
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,
माओवादीलाई मन्त्रीबाट बर्खास्त गर्न किन नपाउने ? प्रधानमन्त्री,
२४ घन्टामा ६५९ संक्रमित थप, ७१८ जना डिस्चार्ज
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?