सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

सारांश

  • अमरगढी,२५ माघ ।
  • सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् ।
  • विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

अमरगढी,२५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताउनुभयो । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।

बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुनसकेकोे छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ । सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरे पनि हालसम्म उडान हुनसकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गर्नुभएको भए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुननसकेको पर्यटन पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म न्यून मात्रामा विदेशी पर्यटक आएका छन्, जबसम्म बन्द विमानस्थल सञ्चालन हुँदैनन्, तबसम्म पर्यटन विकास हुन सक्दैन ।”

विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने अवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको निधन
उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?
उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि
पूर्व उपप्रधान एवं अर्थमन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्तेष्टि
ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….
ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला
सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
लेखा अधिकृत माथि तीन करोड भ्रष्टाचारको आरोप !
लेखा अधिकृत माथि तीन करोड भ्रष्टाचारको आरोप !
नेपालमा कात्तिकभित्रै भारतीय  रेल कुद्ने
नेपालमा कात्तिकभित्रै भारतीय रेल कुद्ने

तपाईंले छुटाउनुभयो कि?