ताप्लेजुङमा ठूला दलले नै लत्याए आचारसंहिता, २४ घण्टे अल्टिमेटम

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ताप्लेजुङमा ठूला दलले नै लत्याए आचारसंहिता, २४ घण्टे अल्टिमेटम

सारांश

  • ६ मंसिर, ताप्लेजुङ ।
  • ताप्लेजुङका प्रमुख राजनीतिक दललेनै आचारसंहिता उलङ्घन गरेको पाइएको छ ।
  • आचारसंहिता बिपरीत बजारबीचमा ठूलाठूला पोष्टर, फल्याक्स प्रिन्ट टास्नुको साथै निजी घरहरुमा समेत विना अनुमति पर्चा पम्पेल्ट टाँसेको पाइएको हो ।

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङका प्रमुख राजनीतिक दललेनै आचारसंहिता उलङ्घन गरेको पाइएको छ ।

आचारसंहिता बिपरीत बजारबीचमा ठूलाठूला पोष्टर, फल्याक्स प्रिन्ट टास्नुको साथै निजी घरहरुमा समेत विना अनुमति पर्चा पम्पेल्ट टाँसेको पाइएको हो ।

सार्वजनिक स्थल, विद्यालयमानै चुनावी आमसभा र कार्यक्रम गरेको, चुनावी कार्यक्रममा बालबालिका प्रयोग गरेको पाइएको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने कुनै लिखित उजुरी नआएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृपासुर कार्कीले बताए ।

सदरमुकाम भित्रनै आचारसंहिता बिपरीत ठूला पोष्टर, फल्याक्स प्रिन्टको प्रयोग गरेको तथा बिभिन्न पत्रपत्रिकामा नियम विपरीत विज्ञापन छापेको देखिएकाले निर्वाचन कर्यालयको ध्यानाकर्षण भएको कार्कीले बताए ।

उनले पोष्टर तथा ˆल्याक्स पि्रन्ट २४ घण्टाभित्र हटाउन समेत राजनीतिक दललाई निर्देशन दिएको बताए ।

उनका अनुसार आचारसंहिता उलङ्घन गर्नेमा सबै भन्दा बढी नेपाली काँग्रेस र नेकपा एमाले रहेका छन् भने त्यस पछि क्रमस नेकपा माओवादी केन्द्र, संघीय लिम्बुवान मञ्च लगायतका राजनीतिक दल रहेका छन् ।

उनले आचारसंहिता उलङ्घन भएको पाइएकाले राजनीतिक दललाई छलफलमा बोलाई आउँदो दिनमा त्यस्तो नगर्ने निर्देशन दिएको र पुनः दोहोर्‍याए नियम बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?