नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
१७ पटक हेरिएको
Shares
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक

सारांश

  • काठमाडौं ।
  • नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ ।
  • इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो ।

काठमाडौं । नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो ।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेङ्गु ४१ प्रतिशत देखिएको जानकारी दिए । महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । उनले तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको छ ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ । एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उनको भनाइ छ ।

अहिलेसम्म नेपालमा डेङ्गु सङ्क्रमणका चारवटै स्वरुपका सेरोटाइप देखिएका छन् । एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ । “चारैवटै सेरोटाइपको भिन्न भन्ने हुँदैन । जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्दछ”, उनले भने, “तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको सङ्क्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन् ।”

डेङ्गु सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक रहेको हुन्छ । “पहिलोपटक सेरोटाइप–१ डेङ्गुको स्वरूप देखिएको छ भने अर्कोपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ”, उनले भने, “यसरी पुनः डेङ्गु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।” डेङ्गु भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याइने गरिन्छ ।

शाखा प्रमुख डा दाहालले पहिलोपटक लागेको सेरोटाइपले शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए । महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार छ सयल ८८ जनामा सङ्क्रमण देखिएको छ । सबभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा देखिएको छ ।

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि लाग्ने गर्दछ ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Catalan parliament declares independence from Spain
Catalan parliament declares independence from Spain
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
घोराही–तुलसीपुर सडक आयोजना नयाँ ढङ्गबाट अघि बढ्छ : सञ्चारमन्त्री शर्मा
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
युवा क्रिकेटर कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
युवा क्रिकेटर कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीको अन्तर्वार्ता- ‘बिगार्न हुँदैन अब सम्बन्ध’
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह
आगलागीबाट करिब चार लाखको क्षति
आगलागीबाट करिब चार लाखको क्षति

तपाईंले छुटाउनुभयो कि?