अमेरिकाद्वारा नेपालको प्रशंसा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
३७ पटक हेरिएको
Shares
अमेरिकाद्वारा नेपालको प्रशंसा

सारांश

  • काठमाडौं- अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ ।
  • निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।
  • ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकोमा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारप्रति सराहना व्यक्त गर्छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महŒवपूर्ण कोसेढुंगा हो ।

काठमाडौं- अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकोमा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारप्रति सराहना व्यक्त गर्छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महŒवपूर्ण कोसेढुंगा हो ।’
निर्वाचनले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउने विज्ञप्तिमा उल्लेख छ । पाँच चरणमा स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मुलुकभर सम्पन्न गराउन, सुरक्षित र सुव्यवस्थित बनाउनसरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिले अथक प्रयास र योगदान गरेको भन्दै अमेरिकाले प्रशंसा गरेको छ ।
संवैधानिक रूपमा व्यवस्था गरिएको प्रत्यक्ष निर्वाचनको अन्तिम चरणको समापनसँगै नेपाली जनताका लागि महŒवपूर्ण अवसरका ढोका खुलेको अमेरिकी बुझाइ छ । निर्वाचन, संघीयता र सरकारी निकायको सबलीकरणका माध्यमबाट हुने संविधान कार्यान्वयनले राजनीतिक स्थायित्वको नयाँ युग सुरु गर्ने विश्वास अमेरिकाले लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?