एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १२, २०७७
|
|
४७ पटक हेरिएको
Shares
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

सारांश

  • पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ ।
  • गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो ।

पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५०० ले वृद्धि भएको छ ।

गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु ७७५ कायम भएको थियो ।

यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला रु ४३५ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ । महासङ्घका अनुसार आज पनि सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले बढेको छ ।

महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६० निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८६० तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । मनि मेटल एक्सचेन्जका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताए । सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन !
वर्षेनी घट्दै औषधिजन्य जडीबुटीको उत्पादन !
अभिभावकबाट ८ अर्ब असुल्छन् निजी विद्यालय
अभिभावकबाट ८ अर्ब असुल्छन् निजी विद्यालय
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
कञ्चनपुर गोलिकाण्डः हिन्दी सिनेमा चल्न नदिने माओवादीको चेतावनी
नेपाली नागरिकमाथि हुने दुव्र्यवहार रोक्छु :-उत्तर प्रदेश मुख्यमन्त्री योगी
नेपाली नागरिकमाथि हुने दुव्र्यवहार रोक्छु :-उत्तर प्रदेश मुख्यमन्त्री योगी
कात्तिक २८ गते बिहिबारको राशिफल यस्तो छ
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
पछिल्लो २४ घण्टामा ५३१६ कोरोना संक्रमित थपिए
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
पर्वतमा भेटियाे दुर्लभ सर्प ‘किङ् काेब्रा’
माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा
माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा