तीन वरिष्ठ सह-सचिव सचिवमा बढुवा
सारांश
- काठमाडौः सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ।
- वुधबार वसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो।
- प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।
काठमाडौः सरकारले तीन जना वरिष्ठ सह-सचिवलाई सचिवमा बढुवा गरेको छ। वुधबार वसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवातर्फ दुई जना र नेपाल इञ्जिनियरीङ सेवातर्फ १ जना गरी तीनजनालाई सचिवमा बढुवा गरेको हो।
प्रशासन सेवातर्फ सचिवमा वढुवा भएकाहरुमा सुरेश प्रधान र लक्ष्मीरामपौडेल रहेका छन्।यसैगरि इञ्जिनियरीङ तर्फ रमेश सिह सचिवमा वढुवा भएका छन्।
बढुवा भएकामध्ये प्रशासन सेवाका प्रधान र पौडेललाई क्षेत्रीय प्रशासन कार्यालयमा र इञ्जिनियरीङ सेवाका सिंहलाई जल तथा उर्जा आयोगमा पदस्थाप नगरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया