ओलीसँग किन रिसायो राजपा!
सारांश
- काठमाडाैँ – सरकारमा जाने बाटो बन्द भएपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीसँग चिढिएका छन्।
- प्रधानमन्त्रीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेसँगै राजपा सरकारमा जाने बाटो बाटो बन्द भएको छ ।
- यसअघि प्रधानमन्त्रीले राजपाका अध्यक्ष ठाकुरसँग दुईपटक भेट गरी दुईवटा मन्त्रालय र उपराष्ट्रपति दिने प्रस्ताव गरेको राजपा स्रोतको भनाइ छ ।
काठमाडाैँ – सरकारमा जाने बाटो बन्द भएपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीसँग चिढिएका छन्।
प्रधानमन्त्रीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेसँगै राजपा सरकारमा जाने बाटो बाटो बन्द भएको छ । यसअघि प्रधानमन्त्रीले राजपाका अध्यक्ष ठाकुरसँग दुईपटक भेट गरी दुईवटा मन्त्रालय र उपराष्ट्रपति दिने प्रस्ताव गरेको राजपा स्रोतको भनाइ छ । ओलीले शुक्रबार २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । संविधानले २५ सदस्यभन्दा बढीको मन्त्रिमण्डल बनाउन रोकेको छ । त्यसैले ओलीसँग अब तीनजना मात्र सिट बाकि छ । त्यो सिट संघीय समाजवादी फोरम नेपालका लागि सुरक्षित रहेको एमालेका नेताहरू बताउँछन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपा अब सरकारमा आउने सम्भावना लगभग बन्द भएको बताउँछन् । उनी भन्छन्, ‘अब राजपालाई सरकारमा ल्याउने हो भने एमाले र माओवादीबाट केही मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने हुन्छ । तत्काल त्यो सम्भावना छैन।’
मन्त्रिमण्डलमा बाँकी रहेका तीन सिट संघीय समाजवादी फोरम नेपालका लागि सुरक्षित रहेको उनले प्रस्ट पारे । उनले भने, ‘अब त्यो तीन सिट फोरमका लागि होे । फोरमका लागि हामीले बाटो खुला राखेका छौँ ।’ आफनै कारणले शुक्रबार फोरम सरकरमा नआएको पनि उनले बताए।
यता, राजपाका नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकरमा जाने सम्भावना सकिएको बताए । ‘प्रधानमन्त्रीले नै हामीलाई सरकारमा लैजान प्रस्ताव गर्नुभएको थियो । त्यसपछि उहाँले कुरै गर्नु भएन ।’ प्रधानमन्त्रीले कुरा अघि नबढाएपछि सरकारमा जाने राजपाको बाटो बन्द भएको पनि उनले बताए । उनले भने, ‘संविधान संशोधन गर्ने सर्तमा हामीले सरकारमा जान सकिने बताएका थियाँै तर उहाँले नै छलफल नै गर्नुभएन ।’ राजपा संसदमा विपक्षी बेञ्चमा बस्ने गरेको पनि उनले बताए । उनले भने, ‘हामीले सरकारलाई समर्थन गरे पनि हामी संसदमा विपक्षी बेञ्चमा बस्दै आएका थियाैँ । अब पनि विपक्षी बेञ्चमै बस्छौँ। ’
यो खबर आजको नागरिक दैनिकमा छ ।
Dipendra Singh
Tum log ka din ab gya