काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !

सारांश

  • काठमाडौं।
  • राजधानीको विजेश्वरीमा प्रहरीले अपराधी पक्राउ गर्न गोली चलाएको छ ।
  • शुक्रबार दिउँसो अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको हो ।

काठमाडौं। राजधानीको विजेश्वरीमा प्रहरीले अपराधी पक्राउ गर्न गोली चलाएको छ । शुक्रबार दिउँसो अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको हो । गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ।लोप्साङ लामा भनिने मिलन तामाङ गोली लागेर घाइते भएको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले डिसीनेपाललाई बताए । तामाङलाई पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि घुँडामुनी गोली हानेर पक्राउ गरिएको ढकालले जानकारी दिए । एसपी ढकालका अनुसार घाइते तामाङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मिलनले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाई नियन्त्रणमा लिएको छ। मिलन र अमृत लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको एसपी ढकालले बताए। महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यो पनि पढ्नुहोस

त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते

काठमाडौं। धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना। ७४६९ नम्बरको बस शुक्रबार विहान करिब ३ बजेतिर त्रिशुलीमा खसेको हो।दुर्घटनामा परी अन्य १२ जना घाईते भएको प्रहरीले जनाएको छ। उनीहरुको उद्दार गरी अहिले नजिकको अस्पतालहरुमा उपचारका लागि लगिएको जनाइएको छ। बसमा करिब ३८ जना यात्रु रहेको तर अहिले सम्म १२ जनाको मात्र उद्दार गरिएको छ। अन्य यात्रुहरुको भने खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना भएको स्थल सडकबाट अफ्ठ्यारो ठाउँमा रहेकाले उद्दार कार्यमा कठिनाई भइरहेको छ। दुर्घटनास्थलसम्म जान पनि डोरीको सहायताले झर्नुपर्ने बताइएको छ।अहिले नेपाल सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा अन्य घाईतेहरुको उद्दार भइरहेको जनाइएको छ। दुर्घटना के कारण भयो भनी अझै खुल्न सकेको छैन।तर घटनाको प्रकृति हेर्दा बस चालक निदाएका कारण दुर्घटना भएको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?