जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने

सारांश

  • जुम्ला, मंसिर १० – जुम्लामा ६९ प्रतिशत मत खसेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
  • जुम्लामा टेलिफोन नलागेकाले यति नै मत खस्यो भन्ने एकिन नभएको जुम्लाका निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
  • स्थानीय तहको चुनावमा ८० दशमलव ७ प्रतिशत मत खसेको जुम्लामा चिसो र हिउँदको सिजन भएकाले काम तथा व्यापारको सीलसीलामा भारत गएकाले कम मत खसेको आंकलन गरिएको छ ।

जुम्ला, मंसिर १० – जुम्लामा ६९ प्रतिशत मत खसेको प्रारम्भिक अध्ययनले देखाएको छ । जुम्लामा टेलिफोन नलागेकाले यति नै मत खस्यो भन्ने एकिन नभएको जुम्लाका निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावमा ८० दशमलव ७ प्रतिशत मत खसेको जुम्लामा चिसो र हिउँदको सिजन भएकाले काम तथा व्यापारको सीलसीलामा भारत गएकाले कम मत खसेको आंकलन गरिएको छ । जुम्लामा ५९ हजार ५९ मतदाता छन् ।

९० वटा मतदान केन्द्र रहेको जुम्लाका ४८ मतदान केन्द्रका मतपेटिका मात्र सदरमुकाम ल्याईएको छ । बाँकी ४२ वटा मतदान केन्द्रका मतपेटिका भोलिमात्र सदरमुकाम ल्याईने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?