खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ८, २०७३
|
|
१७८ पटक हेरिएको
Shares
खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ

सारांश

  • झापा, ८ फागुन कन्काई नगरपालिका–२ सुकेडाँगीमा एकआपसमा बादबिबाद हुँदा सोही ठाउँ बस्ने ५१ वर्षीय अनन्त मगरलाई खुकुरी प्रहार गरी घाइते बनाउने सोही ठाउँ बस्ने ६२ वर्षीय काजी राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
  • आपसी विवादमा राईले खुकुरी प्रहार गरी घाइते भएका मगरलाई तत्काल बि एण्ड सि अस्पताल बिर्तामोड लगि उपचार भइरहेको छ ।
  • सो ठाउँमा स्थानीयबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले राईलाई पक्राउ गरी घर खानतलासी गर्दा घरभित्र प्लास्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक र १ थान खुकुरी फेला पारी बरामद गरेको छ ।

झापा, ८ फागुन
कन्काई नगरपालिका–२ सुकेडाँगीमा एकआपसमा बादबिबाद हुँदा सोही ठाउँ बस्ने ५१ वर्षीय अनन्त मगरलाई खुकुरी प्रहार गरी घाइते बनाउने सोही ठाउँ बस्ने ६२ वर्षीय काजी राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
आपसी विवादमा राईले खुकुरी प्रहार गरी घाइते भएका मगरलाई तत्काल बि एण्ड सि अस्पताल बिर्तामोड लगि उपचार भइरहेको छ । सो ठाउँमा स्थानीयबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले राईलाई पक्राउ गरी घर खानतलासी गर्दा घरभित्र प्लास्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक र १ थान खुकुरी फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?