शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
४० पटक हेरिएको
Shares
शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज

सारांश

  • काठमाडौं, १२ साउन ।
  • अछामबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गर्दै रहेका राप्रपासँग आस्थावानहरुको भेलाले लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज गठन गरेको छ ।
  • राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीको हलमा शनिबार आयोजित भेलाले समाजको उपाध्यक्षमा कृष्णराज उपाध्याय, सचिवमा मंगल बहादुर शाही, कोषाध्यक्षमा रमेशकुमार भूल, सहसचिबमा आदेश शाही तथा प्रवक्तामा रमेश अधिकारीलाई चयन गरेको छ ।

काठमाडौं, १२ साउन । अछामबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गर्दै रहेका राप्रपासँग आस्थावानहरुको भेलाले लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा अछाम–काठमाडौं सम्पर्क समाज गठन गरेको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीको हलमा शनिबार आयोजित भेलाले समाजको उपाध्यक्षमा कृष्णराज उपाध्याय, सचिवमा मंगल बहादुर शाही, कोषाध्यक्षमा रमेशकुमार भूल, सहसचिबमा आदेश शाही तथा प्रवक्तामा रमेश अधिकारीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा कमलबहादुर शाही, अर्जुन शाही, निर्मला शाही, कमल विष्ट, विष्णु ढुंगाना, दीपेन्द्र शाही, तपेन्द्र शाही, लक्ष्मी शाही (क), जीवन थापा, लक्ष्मी शाही (ख) र महेन्द्र कुँवर चुनिएका छन् । उक्त भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले अछाम–काठमाडौं सम्पर्क समाजको गठनबाट पार्टी संगठनमा ठूलो टेवा पुगेको बताउँदै निष्ठावान भई निरन्तर संघर्ष गरेमा अवश्य सफलता मिल्ने बताए ।

राप्रपाको एजेण्डा वजनदार भएकोले पार्टीको संगठनलाई विस्तार गर्दै गाउँगाउँमा, घरघरमा पार्टीले बोकेका विचारहरुलाई पु¥याउन सकेमा राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्न कुनै समस्या नहुने उनले स्पष्ट पारे ।

सम्बोधनकै क्रममा पार्टीका महामन्त्री धवल शमशेर राणाले नवगठित अछाम–काठमाडौं सम्पर्क समाजले राप्रपाको अभियानलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । भेलालाई सम्बोधन गर्दै पार्टीका कार्यवाहक महामन्त्री, सचिवालय प्रमुख तथा सम्पर्क समाज समन्वय विभाग प्रमुख भाष्कर भद्राले अछाम–काठमाडौं सम्पर्क समाजको गठनले पार्टीलाई हौसला प्रदान भएको भन्दै अन्य जिल्लाहरुको पनि सम्पर्क समाज चाँडै गठन हुने जानकारी प्राप्त भएको बताए ।

राप्रपा जिल्ला कार्य समिति अछामका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न सो भेलामा नवगठित सम्पर्क समाजको समितिलाई कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढा, ७ नं. प्रदेशका अध्यक्ष श्याम बहादुर शाही, राप्रपा जिल्ला कार्य समिति बैतडीका अध्यक्ष प्रेम चन्द, राप्रविसंका अध्यक्ष महेशबहादुर सिंहलगायतले शुभकामना दिएका थिए ।

(punandjokes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुकुरी प्रहार गरी युवकको हत्या
खुकुरी प्रहार गरी युवकको हत्या
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस
काठमाडौँमा लकडाउन खुकुलो नगर्न सिफारिस
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार
माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार
यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !
यस्ताे छ ८८ किलो सुन काण्डकाे नालीबेली !
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
निर्वाचन आयोग, सरकार र व्यवस्थापिका संसद्लगायत निकायलाई छलफलमा झिकाइयो
निर्वाचन आयोग, सरकार र व्यवस्थापिका संसद्लगायत निकायलाई छलफलमा झिकाइयो

तपाईंले छुटाउनुभयो कि?