कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने

सारांश

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत करार कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
  • पुस १० गते बिहिबार को पुर्व घोषणा अनुसार आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको आन्दोलीत कर्मचारीहरुले बताएका छन् ।
  • शुक्रबार एक विज्ञप्ती जारी गर्दै उक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत करार कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । पुस १० गते बिहिबार को पुर्व घोषणा अनुसार आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको आन्दोलीत कर्मचारीहरुले बताएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै उक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

करार कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ यस प्रतिष्ठानमा कार्यरत करार कर्मचारीहरुलाई स्थायी बनाउन गरीएको मागका सम्बन्धमा यस प्रतिष्ठानका पदाधिकारीहरुलाई बिहिबार ज्ञापन पत्र बुझाएपनि त्यसको कुनै आधिकारीक जवाफ नआएको हुँदा सो मागको यथासिघ्र सम्बोधन गर्न पुन अनुरोध गर्दै यदी उक्त मागको सम्बन्धमा बेवास्था गरीएमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरीने जानकारी गराउँदछौँ ।

साथै पुर्व सुचित कायर््क्रम अनुसार पुस ११ गते कालो पट्टी सहित बिरोध कार्यक्रम सम्पन्न भएको उक्त विज्ञप्तीमा भनिएको छ । पुस १२ गते प्रतिष्ठानको नीयमावली जलाउने त्यति गर्दा पनि माग सम्बोधनमा कुनै चासो नराखे प्रतिष्ठानको सभा अवरुद्ध हुने गरि पुस १३ गते देखि अस्पतालको आकस्मिक बाहेकको सम्पुण सेवाहरु अनिश्चीतकालका रुपमा वन्द गरिने विज्ञप्तीमा भनिएको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावल ले कर्मचारिहरुले यस्तो गर्न नहुने बताए ।

शिखरन्युज संग बोल्दै रावलले भने हामिले सक्दो प्रयास गरेका छौं । तर नीयम कानुन भन्दा ठुलो कोहि रहन, हुन सक्दैन त्यसैले कानुनी प्रकृया अनुसार नेपालको संविधानमा जे व्यबस्था गरिएको छ त्यस अनुरुप अगाडि बढ्ने हो । र यो सिनेटमा शंसोधन भएको कर्मचारि नियमावलि पारित गरेर जति सक्दो चाँडो पदपुर्ति गर्न अगाडि बढ्नुपर्ने हुन सक्छ । लोकसेवाले पदपुर्ति गर्दा दुईवर्ष देखि काम गर्दै आएका करार कर्मचारिहरु को कस्तो व्यबस्थापन हुन्छ भन्ने प्रश्नमा निर्देशक रावलले भने त्यो सिनेट बसेपछि थाहा हुने कुरा हो । तर आन्तरिकलाई विशेष जोड गर्छौँ । अर्को कुरा नेपाल सरकारको नीयममा पनि धेरै अस्थायी कर्मचारि नराख्ने प्राबधान छ । त्यसो भएकोहुँदा प्रतिष्ठानमा आवस्यक संख्या पदपुर्तिबाट पुर्ति गर्छौ र आन्तरिकलाई बढि जोड दिन्छौँ ।

यता प्रतिष्ठानमा भने संबिधान जारि भईसकेपछि केहि कर्मचारीहरुलाई स्थायी गरिएको विधि र प्रक्रिया अनुसार हाल करारमा कार्यरत कर्मचारिहरुलाई पनि स्थायी बनाउनु पर्ने माग राख्दै करार कर्मचारिहरु आन्दोलित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
बाँके र बर्दिया घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखको रुलिङ
दमदार डायलगसहित मालिकाको यस्तो आयो ट्रेलर
दमदार डायलगसहित मालिकाको यस्तो आयो ट्रेलर
कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह
कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु
उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु
कांग्रेसको जागरण अभियान र गुटको डर
कांग्रेसको जागरण अभियान र गुटको डर

तपाईंले छुटाउनुभयो कि?