सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य

सारांश

  • काठमाडौँको सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ ।
  • विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।
  • विष्फोटमा परी ६ जना घाइते भएका छन् ।

काठमाडौँको सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका अनुसार सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको बुझिएको छ ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । यस्तै, घट्टेकुलोमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ । अनामनगरमा एक घरमा बम बनाउँदै गर्दा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुने नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता भएको प्रहरीको दावी छ ।

सो स्थानमा अन्य विस्फोटक पदार्थसमेत रहेको आशंकामा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही शंकास्पद वस्तु रहेको भन्दै प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ ।

दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् ।

सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहुल गान्धीभन्दा स्मृति इरानी दश हजार मतले अगाडि
राहुल गान्धीभन्दा स्मृति इरानी दश हजार मतले अगाडि
एमाले-माओवादी मिल्यो आपसी भागण्डा, कुन पद कसलाई ?
एमाले-माओवादी मिल्यो आपसी भागण्डा, कुन पद कसलाई ?
माघ २२ गते बागमती प्रदेशसभाको बैठक
माघ २२ गते बागमती प्रदेशसभाको बैठक
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
बृहत पोखरा सफाई अभियान फेवाताल किनारमा सम्पन्न
काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
काठमान्डौ को मेयरमा उठदैगरेकी बहिनीलाई दाईको पत्र
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
वामदेवविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने
वामदेवविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने
आलेख ‘मानव अधिकारप्रतिको प्रतिवद्धता मात्रै आउँछ, परिपालना हुँदैन’
आलेख ‘मानव अधिकारप्रतिको प्रतिवद्धता मात्रै आउँछ, परिपालना हुँदैन’