को हुन् सभामुख महरालाई आरोप लगाउने महिला ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
को हुन् सभामुख महरालाई आरोप लगाउने महिला ?

सारांश

  • बहालवाला सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएपछि उनले पदबाट राजीनामा दिएका छन् ।
  • घटनाको छानविनका लागि मार्ग प्रशस्त गर्न भन्दै महराले मंगलबार राजीनामा बुझाएका छन् ।
  •  एक महिलामाथि जर्बजस्तीको आरोप लागेपछि महरा राजीनामा दिन वाध्य भए ।

बहालवाला सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएपछि उनले पदबाट राजीनामा दिएका छन् । घटनाको छानविनका लागि मार्ग प्रशस्त गर्न भन्दै महराले मंगलबार राजीनामा बुझाएका छन् । एक महिलामाथि जर्बजस्तीको आरोप लागेपछि महरा राजीनामा दिन वाध्य भए । ती महिला को हुन् ?

संसद कार्यालयकी कर्मचारी ती महिला तीनकुनेमा कोठा लिएर बस्दै आएकी छिन् । उनको परिवार अमेरिकामा छ । विश्वस्त स्रोतका अनुसार महिलाको परिवारसँग महराको नजिकको सम्बन्ध रहँदै आएको थियो । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग उनको निकता छ । उनले कतिपय नेताहरुसँग बसेर खिचाएको तस्बिर रिपोर्टर्स नेपाललाई प्राप्त भएको छ ।

महिलाको कोठामा आइतबार राति महरा पुगेको दाबी गरिएको छ । उनले फुटेको चश्मा र जुत्ता समेत प्रमाणका रुपमा राखेकी छिन् । यसबारे प्रहरीमा उजूरी नआएको भन्दै छानविन अगाडि बढाइएको छैन । घटनाको छानविन कसरी हुने हो प्रतिक्षाको विषय हो । तर, महिलालाई प्रभावित पार्न र त्रसित पार्न खोजिएको विषय बाहिर आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?