फिल्ममा आउनु अघि के गर्थे यी बलिउड स्टार ?
सारांश
- अहिलेका केही स्थापित बलिउड स्टारहरु फिल्म उद्योगमा आउनु अघि अर्कै दुनियाँमा थिथए ।
- उनीहरुको अहिलेको सफलता देख्दा कुनै समय उनीहरु बस कण्डक्टर, वेटर र पाले जस्ता पेशामा पनि थिए भन्ने पत्याउन गार्हो हुन्छ ।
- बलिउडमा प्रवेश गर्नु अघि यी बलिउड स्टार के गर्थे ?
अहिलेका केही स्थापित बलिउड स्टारहरु फिल्म उद्योगमा आउनु अघि अर्कै दुनियाँमा थिथए । उनीहरुको अहिलेको सफलता देख्दा कुनै समय उनीहरु बस कण्डक्टर, वेटर र पाले जस्ता पेशामा पनि थिए भन्ने पत्याउन गार्हो हुन्छ । बलिउडमा प्रवेश गर्नु अघि यी बलिउड स्टार के गर्थे ?
सोनम कपुर
सोनम कपुर जब अध्ययनको क्रममा सिंगापुरमा थिइन् त्यतिबेला उनीसँग ‘पकेट मनी’का लागि प्रयाप्त रकम हुँदैन थियो । ‘पकेट मनी’ जुटाउनकै लागि उनले केही समय सिंगापुरमा वेटरको काम समेत गरिन् । यसको खुलासा उनले आफै एक टेलिभिजन सोमा गरेकी थिइन् ।

रणवीर सिंह
पद्मावतीका कारण पछिल्लो समय चर्चामा रहेका रणवीर सिंह पनि हिरो बन्नु अघि अर्कै काममा थिए । उनी एउटा विज्ञापन एजेन्सीमा कपिराइटरको काम गर्थे । निर्देशक साथी मनिष शर्माका कारण उनी बलिउडमा आई पुगे । २०१० मा प्रदर्शन भएको ‘ब्याण्ड बाजा बारात’ मार्फत उनले बलिउड फिल्म उद्योगमा प्रवेश गरे ।

सोनाक्षी सिन्हा
‘दबंग’ गर्ल सोनाक्षी सिन्हा पनि अभिनय गर्नु अघि कष्ट्युम डिजाइनरको काम गर्थिन् । उनले २००५ मा प्रदर्शन भएको फिल्म ‘मेरा दिल लेके देखो’मा समेत कष्ट्युम डिजाइनरको रुपमा काम गरेकी थिइन् ।

अशरद वारसी
फिल्ममा अभिनय गर्नु अघि अरशल वारसीको आर्थिक अवस्था त्यति राम्रो थिएन । त्यसैले १७ वर्षको उमेरदेखि नै उनले सेल्सम्यानको काम गर्न थालेका थिए । उनी घर घरमा गएर कष्मेटिक सामान बेच्ने गर्थे । कष्मेटिक सामान बेच्ने काम छोडे पछि केही समय उनले एउटा फोटो ल्यावमा पनि काम गरेका थिए ।
नवाजुद्दिन सिद्दीकी
जीवन्त अभिनय गर्ने कलाकारका रुपमा स्थापित नवाजुद्दिन सिद्दीकीले पनि सुरुवातीकालमा निकै संघर्ष गर्नु परेको थियो । साइन्समा स्नातक तहको अध्ययन सकिए पछिको केही समय उनले भारतकै बडोदरामा केमिस्टको काम गरेका थिए । एक वर्ष जति यो काम गरे पछि उनी अभिनयमा भविष्य खोज्दै राजधानी दिल्लीको एक थिएटर पुगे । तर थिएटरबाट आउने पैसाले खर्च धान्न नसके पछि उनले ‘वाचम्यान’को काम पनि गरे । फिल्म ‘ग्यांग्स अफ वासेपुर’मा अभिनय गरे पछि उनी चर्चित र जीवन्त अभिनय गर्ने कलाकारको श्रेणीमा पुगे ।

जोनी लिवर
विख्यात कमेडियन जोनी लिवरको पनि आफ्नै कथा रहेको छ । १९८१ मा प्रदर्शन भएको फिल्म ‘दर्द’ मा अभिनय गर्नु पूर्व उनी मुंबईका सडक तथा गल्लीहरुमा पेन बेच्दै हिड्थे । तर फिल्ममा अभिनय गर्न थाले पछि भने उनको कमेडियन क्यारेक्टर बलिउडमा स्थापित कलाकार बने । उनले अभिनय गरेका ‘बलवान’, ‘तेजाव’, ‘खिलाडी’, ‘बाजीगर’, ‘करन–अर्जुन’ लगायतका कैयौ फिल्म दर्शकले रुचाएका फिल्म हुन् ।
शाहरुख खान
विश्वकै धनाढ्य कलाकारको सूचिमा पर्ने शाहरुख खान पनि ठूलो संघर्षका बीच अहिलेको स्थानमा पुगेका हुन् । दिल्लीमा उनले सुरुमा गरेको काम कन्सर्ट गाइड हो । गायक पंकज उदासको कन्सर्टमा गाइडको काम गरेका शाहरुखले पहिलो पटक पाएको पारिश्रामिक ५० रुपैयाँ थियो ।

जोह अब्राहम
एमबीएको पढाई सके लगत्तै जोन अब्राहमको करियर मोडलिङबाट सुरु भएको थियो । मोडलिङ बाहेक उनले एक मिडिया कम्पनीमा योजनाकारको रुपमा समेत काम गरे ।
रजनीकान्त
एसियाकै महंगो पारिश्रामिक लिने कलाकारमा पर्ने रजनीकान्त फिल्ममा आउनु अघि बसको कण्डक्टर थिए । फिल्ममा जसरी उनले आफ्नो स्टाइल देखाउँदै आएका छन्, त्यहि स्टाइल उनी बसमा यात्रुसँग भाडा लिदाँ पनि देखाउने गर्थे । एक दिन एक फिल्म निर्देशकले उनको यस्तो खुबी मन पराई फिल्ममा अवसर दिए पछि उनको जीवनमै कायापलट आयो । दक्षिण भारतमा ‘भगवान’ जत्तिकै मानिने रजनीकान्तले बलिउडमा पनि थुप्रै फिल्ममा अभिनय गरेका छन् ।

परिणिती चोपडा
परिणिती चोपडा फिल्ममा आउनु अघि भारतकै ठूलो र प्रतिष्ठित फिल्म निर्माण कम्पनी यशराज फिल्म्समा काम गर्थिन् । तर त्यहाँ उनले कलाकारको रुपमा नभई मार्केटिङ इन्टर्नशिप गरिरहेकी थिइन् ।
दिलिप कुमार
लिजेण्ड कलाकार दिलिप कुमार पनि फिल्ममा आउनु अघि आफ्नो बुबाको फलफूल व्यवसायमा सम्हाली रहेका थिए । फलफूल व्यवसाय पछि उनले केही समय क्यान्टिन पनि चलाए । ‘ज्वारभाटा’ फिल्मबाट अभिनय सुरु गरेका दिलिप कुमार पछि बलिउडमै चर्चित कलाकार बने ।
प्रतिक्रिया