बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

सारांश

  • बागलुङ।
  • बागलुङ नगरपालिका-४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
  • कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।

बागलुङ। बागलुङ नगरपालिका-४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ-४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ। सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो।

ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। बेपत्ता कमलको खोजी भइरहेको छ। अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफन्तको खोजीमा चिहान खन्दै हिँड्ने यी महिला (फोटोफिचर)
आफन्तको खोजीमा चिहान खन्दै हिँड्ने यी महिला (फोटोफिचर)
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…
नेकपा एमालेका प्रत्यक्ष उम्मेदवारहरुको सूची ! को कहाँ कहाँ बाट लडाईं छन चुनाब ?
नेकपा एमालेका प्रत्यक्ष उम्मेदवारहरुको सूची ! को कहाँ कहाँ बाट लडाईं छन चुनाब ?
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?
कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी
एनटीसीको मोबाइलमा पनि अब ब्यालेन्स सापटी
बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै
नेपालले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल
सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल

तपाईंले छुटाउनुभयो कि?