ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

सारांश

  • पाटन ।
  • ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
  • ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

पाटन । ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिकाको तर्फबाट नगरप्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले असल सम्बन्ध र अभ्यासको आदानप्रदान भएको बताए ।

“असल अभ्यासको आदानप्रदान गर्नुपर्छ । भूगोल फरक भए पनि धेरै कुरालाई साटासाट गर्न सकिन्छ । मितेरी सम्बन्धले ललितपुरको कला, संस्कृति र सम्पदाको विकास मालिका गाउँपालिकामा पनि हुनेछ भन्ने विश्वस छ । थोरैबाट सहयोगको सुरुआत यो वर्षबाट हुन्छ, निरन्तरता दिन्छौँ”, नगरप्रमुख महर्जनले भने ।

बागमती प्रदेशका एक सय १९ वटा पालिकामध्ये ललितपुर महानगरपालिकाले सबैभन्दा उत्कृष्ट काम गरेर पुरस्कृत भएको बताउँदै उनले भगिनी सम्बन्ध कामय भएपश्चात् सुखदुःखमा सामिप्यता कायम गर्दै सहयोग गरेर जाने बताए ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्त्वपूर्ण भएको बताए । “राष्ट्रियताको सन्दर्भलाई जोडेर हेर्ने हो भने यो सम्बन्ध महत्वपूर्ण छ । प्रशासनिक तहमा गुल्मीको पहुँच रहेको छ । यसको फाइदा ललितपुरले लिन सकोस्, ललितपुरको जस्तो सुन्दर र सफा महानगर अन्त छैन, यहाँको कला, संस्कृति, बजारको सदुपयोग गुल्मीले लिन सकोस्”, पूर्वसचिव उपाध्यायले भने ।

मालिका गाउँपालिकाका प्रमुख देवीराम अर्यालले यो सम्बन्ध मालिकावासीका लागि गौरवको विषय भएको बताए । “भगिनी सम्बन्ध कायम गर्ने यो सम्झौता हुनु यो गौरवको विषय हो, पहल गर्नुहुने सबैमा आभार व्यक्त गर्न चाहन्छु । दुवै स्थानीय पालिकावासीका लागि कोसेढुङ्गा सावित हुनेछ । कला, संस्कृति, सम्पदाका विषयमा लाभ हुने विश्वास राख्दछु ।” अध्यक्ष अर्यालले भने । उनले दुई पालिकाबीचको सामिप्यताका लागि पाटन नामको सांस्कृतिक सम्पदा निर्माण गर्ने बताए ।

महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षरले राम्रो संस्कारको सुरुआत भएको बताए । “एक स्थानीय तह र अर्को स्थानीय तह राम्रो संस्कारको सुरुआत भएको छ । भगिनी सम्बन्धले सौहार्दता, सुमधुर सम्बन्धको विकास हुनेछ भन्ने अपेक्षा राख्दछु । यो सम्बन्ध चीरकालसम्म जीवन्त होस्, एकअर्कामा आधार सम्मान कामय होस् । यो भगिनी सम्बन्ध केवल समझदारी पत्रको लेनदेनमा मात्रै सीमित नहोस् ।” उपप्रमुख शाक्यले भने । उनले दुई पालिकाबीचको संस्कृति, परम्परा र उत्पादनमा सहकार्य कायम होस् भन्ने कामना गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ उपत्यकामा थपिए १५३१ कोरोना संक्रमित
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
सांसद त्रिपाठी मन्त्री अधिकारीको पक्षमा, प्रतिवेदन ‘डस्टबिन’ मा फाल्ने !
उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु
उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ
पहिराे खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध
पहिराे खस्दा पोखरा–बागलुङ खण्ड अवरुद्ध
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण
खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण
शिक्षामन्त्रीको १५ करोड बाँड्ने तयारी