“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
२०
|
२२ पटक हेरिएको
Shares
“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता

सारांश

  • १४ मंसिर, काठमाण्डौ ।
  • रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् ।
  • आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले पैसाको भरमा जनमत तान्न खोजेको आरोप लगाउँदै यादवले शुक्लाको गतिविधिप्रति नै आपत्ति जनाएका छन् रुपन्देही क्षेत्र नम्बर ४ बाट कांग्रेका यादव, राजपाका शुक्ला र एमालेका ओमप्रकाश यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

१४ मंसिर, काठमाण्डौ । रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले पैसाको भरमा जनमत तान्न खोजेको आरोप लगाउँदै यादवले शुक्लाको गतिविधिप्रति नै आपत्ति जनाएका छन्

रुपन्देही क्षेत्र नम्बर ४ बाट कांग्रेका यादव, राजपाका शुक्ला र एमालेका ओमप्रकाश यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
विहिबार रिपोर्टस क्लब नेपालले गरेको चुनाव लक्षित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै यादवले विगतमा चुनाव जित्नेहरुले विकास निर्माणका काम नगरेको आरोप लगाउँदै यादवले विकास गर्नका लागि नै आफू चुनावमा उठेको बताए । आफ्नो क्षेत्रमा पर्ने मर्चवारमा विकासका कुनै पनि काम हुन नसकेको बताउँदै उनले मर्चवारको विकासका लागि नै आफूले उम्मेदवारी दिएको बताए ।

सर्वेन्द्रनाथ शुक्कालका कारण विकास हुन नसकेको भन्दै यादवले शुक्लाको प्रवृत्ति तानाशाही भएको आरोप लगाए । शुक्लाले विगतका कुनै पनि काम नगरेकाले अहिले जनता आफ्नो पक्षमा रहेको यादवले जिकिर गरे ।

चुनावका बेला शुक्लाका २,४ जना कार्यकर्ता पुल र सडक नाप्दै हिँड्ने तर काम केही नगर्ने यादवले बताए । चुनाव जितेपछि विकासका काम कहिल्यै नगर्ने प्रवृत्ति शुक्लाको रहकाले जनताले दुःख पाएको उनको भनाई छ ।

त्यस क्षेत्रमा कांग्रेसले विकासका केही प्रयास गरे पनि अरु दलले कुनै चासो नदिएको यादवको भनाई छ । शुक्लाले विगतमा २ पटक चुनाव जितेपनि यसपटक आफूले जित्ने दाबी यादवको छ । “ एग्रिमेन्ट लखेरे दिन्छु, १ सय २ प्रतिशत शुक्लाले चुनाव हार्नुहुन्छ । यसपटक शुक्लाले हार्नुभएन भने नेपाल छोड्दिन्छु । ” यादवले भने । “व्यापार विजनेश सबै अनाथ आश्रमलाई दिन्छु ।”

आफू मान सम्मान र जनताको लागि चुनाव लडेको बताउँदै यादवले चुनाव हारेको खण्डमा सबै त्याग गर्ने बताए । चुनाव जितेपछि मर्चवार क्षेत्रमा पाँच वर्षभित्र जनता सन्तुष्ट हुने गरी काम गर्ने र अर्को चुनावमा भोट माग्नै नपर्ने स्थिती सृजना गर्ने दाबी यादवको छ ।

मर्चवारको जनताका लागि शुक्लाले केही पनि काम नगरेको आरोप लगाउँदै यादवले शुक्ला विगतमा चुनाव जितेर मन्त्री भए पनि जनताको मनमा बस्न नसकेको भन्दै कटाक्ष गरे । “गधा पनि ठूलो हुन्छ, घोडा जस्तै देखिन्छ, तर घोडा हुन सक्दैन नि । त्यस्तै मर्चवारका जनताले उहाँलाई गधा सम्झेका छन् ।”

सर्वेन्द्रनाथ शुक्लाको पैसा, मासु र दारु खाएर पनि जनताले शुक्लालाई नै हराउने दाबी यादवको छ । राजपा–फोरमबिच गठबन्धन भए पनि शुक्लाको गलत प्रवृत्तिका कारण चुनाव हार्ने यादवको ठोकुवा छ । शुक्लाले जनतालाई नजिक बस्नसमेत नदिने र १० मिटरको दुरीबाट कुरा गर्ने गरेको आरोप यादवले लगाए ।

आगामी दिनमा शुक्ला एमालेमा प्रवेश गर्ने दाबीसमेत यादवले गरे । रुपन्देहीका २ नम्बर क्षेत्रबाहेक सबै क्षेत्रमा लोकतन्त्रिक गठबन्धनले चुनाव जित्ने यादवले बताए ।

(https://www.srikotamedical.com/)

प्रतिक्रिया

20 कमेन्ट

    Comment Author

    Resham Thapa

    Tayar vayar bas

    Comment Author

    Karki Shreekrishna

    yasta lai tkt dine lai chai dobi kutnuparne kya

    Comment Author

    अगर खड्गी

    त्यसो यो बिहारी हो

    Comment Author

    Hemdhoj Thapa

    Nepal nai chadna ta bhayenani.

    Comment Author

    Deepak Khanal

    Ta Indian hos ta ani k vo ta Nepal xaddnalai

    Comment Author

    Tiljapun Magar

    चुनाब जित्नकै लागी हो त नेपाल पसेको ?

    Comment Author

    Kaji Bandhu

    कैसन बतुवा करिछ ! तब १भोटुवा नामिलेछ तुवाके ! भाग सारे नैखे

    Comment Author

    Rim Rana

    India janetaholani lajlukauna

    Comment Author

    Kumar Khadka

    यो सनसारै छाडेर सिदै माथि गए झन् राम्रो

    Comment Author

    Suman Akten

    kin chhanu des ? ghar chhader swasni kasle palchha?

    Comment Author

    मतिराज पौडेल

    सन्सार छाडे पनि जुठो लाग्दैन देस्लाइ
    ?

    Comment Author

    Lovely Surya

    बिदेशको पि आर तयार छ होला नि त

    Comment Author

    Deepak Gautam

    भारत जान्छ हो ला

    Comment Author

    Bikram Basnet

    Desh ko lagi-kami kamjori ke ke bhayo aaja ko din samma kasari ke gare hamile intarnetinol camunity ma affno Desh ko itjat banaunu sakinxha .yas bisaya ma ta hoina kasari chunaw jitna sakxhu ra mantri banna sakxhu ra rastra ko dhukuti kumlyauna sakxhu bas yata tira matra sonch aba kahan bata hunxha,

    Comment Author

    Ajaya Shrestha

    सन्सारै छोड्छौ भने पनि हाम्रो केही आपत्ती छैन।

    Comment Author

    Milan Shrestha

    पाजिको बिचार

    Comment Author

    Narottam Lal Maskey

    Nepali nai hoina hola kina basxas voli pol khulla vannye dar holaa.

    Comment Author

    Dc Pradip

    Kaha jana india

    Comment Author

    Netra Ghimire

    शुक्ला जि त देवघाट जाने वेला भाे त ? फेरि सत्ता? युवाले जित्नु पर्छ।

    Comment Author

    Yagna Kandel

    भार्तिय चिन्तन बोकेको भरतिय मन्छे चुनाब हरे जानी भरत होनि लन्दन को वा अस्ठलिया को पियार होइन होल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 20
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?