‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता

सारांश

  • कठमाडौं, ६ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय हतास बन्न थालेका छन् ।
  • उनले आइतबार गृहजिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताए ।

कठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय हतास बन्न थालेका छन् । उनले आइतबार गृहजिल्ला झापा पुगेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताए । तर, को को सरकार ढाल्ने षड्यन्त्रमा लागे प्रष्ट नपारेपनि उनको संकेत पार्टी्भित्रकै केही नेताहरुतर्फ थियो ।

ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएर फर्किएकै दिन सोमबार साँझ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । दुई नेताबीच पार्टीको आन्तरिक विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल मुछिएपनि उनलाई जोगाइएको टिप्पणीहरु भइरहेको छ । यसमा ओलीको भूमिका बताइएको छ । ओलीले नेपालको साथ पाउन भेटघाट देखि कठिन समयमा साथ पनि दिन थालेका छन् । उनले माधव नेपाल सम्म दुई हप्ता अगाडि लन्च मिटिङ गरे भने सोमबार साँझ डिनर मिटिङ गरे । भेटमा ओलीले नेपालको साथ मागेको र नेपालले पनि साथ दिने वचनवद्धता व्यक्त गरेको बुझिएको छ ।

ओली सरकार दुई वर्ष पुगेपछि संविधान अनुसार अविश्वासको प्रस्ताव ल्याउन सकिन्छ । त्यसकारण पनि उनी आन्तरिक व्यवस्थापनमा समय दिन थालेका छन् । पूर्व एमालेका प्रभावशाली नेताहरु माधवकुमा नेपाल, झलनाथ खनाल र वामदेव गौतमको समर्थन सुनिश्चित गर्न फकाउन र मनाउन लागिपरेका छन् । नेपालसँगको भेट यसकारण पनि अर्थपूर्ण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?