कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कपिल शर्माले चाँडो विवाह गर्ने फैसालाकाे राज खुल्याे !

सारांश

  • एजेन्सी।
  • कयौं वर्षदेखि दर्शकलाई मनोरञ्जन दिँदै आएका कमेडी किङ कपिल शर्मा १२ डिसेम्बरमा हरदेव नगरकी गिन्नी चतरथसँग विवाह गर्दैछन्।
  • विवाहमा शाहरुख खान, अमिताभ बच्चन, अक्षय कुमार तथा दीपिका पादुकोणसहित बलिउडका सबैजसो सेलेब्रिटीजलाई निमन्त्रणा गरिएको छ।

एजेन्सी। कयौं वर्षदेखि दर्शकलाई मनोरञ्जन दिँदै आएका कमेडी किङ कपिल शर्मा १२ डिसेम्बरमा हरदेव नगरकी गिन्नी चतरथसँग विवाह गर्दैछन्। विवाहमा शाहरुख खान, अमिताभ बच्चन, अक्षय कुमार तथा दीपिका पादुकोणसहित बलिउडका सबैजसो सेलेब्रिटीजलाई निमन्त्रणा गरिएको छ। होटल क्बल कबानामा विवाहपछि अमृतसरमा रिसेप्शन दिने कार्यक्रम रहेको छ। १४ डिसेम्बरमा मुम्बईमा पनि रिसेप्शन दिने कार्यक्रम रहेको छ। विवाहको तयारीका क्रममा कपिल नोभेम्बरमा जालन्धर आउने संभावना रहेको छ।

पारिवारिक स्रोतका अनुसार कपिल नोभेम्बरमा ससुराल आएर विवाहको कार्यक्रमलाई अन्तिम रुप दिने तयारी छ। विवाहको खबरसँग कपिलका फ्यानले उनलाई टेलिभिजनमा हेर्न अरु केही दिन कुर्नुपर्ने भएको छ। दिपावलीको आसपास प्रशारण हुने उनको कमेडी शो यो वर्षको अन्तिममा प्रशारण हुने भएको छ। कपिल विवाहपछि मात्रै काममा फर्किने बताइएको छ। अहिले शो को कास्ट, फर्मेटको केही काम पेन्डिङमा छ।

कपिलको विवाहमा गिन्नी स्वयं सबै कुराको व्यवस्थापन गरिरहेकी छन्। कपिल यतिबेला टेलिभिजनमा फर्किने तयारीमा व्यस्त छन्। यही कारण उनी विवाहको तयारीकालागि धेरै समय दिन पाएका छैनन्। परिवारका सदस्यले पनि विवाहको तयारीमा ध्यान दिएका छन्। कपिल टेलिभिजनमा फर्किएर काम सुरु गरेपछि मात्रै विवाह गर्ने योजनामा थिए। तर अचानक गिन्नीका बुवा विमारी भएपछि यही वर्ष विवाह गर्ने निधो भएको हो।

कपिलका एक जना नजिकका साथीका अनुसार कपिलले गिन्नीसँग यही वर्षको अन्तिमसम्ममा विवाह गर्ने वाचा गरेका थिए। उनले आफ्नो परिवारसँग पनि यही वाचा गरेका थिए। तर उनको अप कमिङ शो आउने भएपछि विवाहलाई पछि गर्न चाहन्थे। उनले परिवारका सदस्यलाई अर्को वर्षसम्म कुर्न अनुरोध गरेका थिए। तर अचानक गिन्नीका बुवाको स्वास्थ्यमा समस्या देखिएपछि चाँडो विवाह गर्ने योजना बनेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?