अमेरिका ३५ रनमा ‘प्याक’

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
४३ पटक हेरिएको
Shares
अमेरिका ३५ रनमा ‘प्याक’

सारांश

  • कबाठमाडौं।
  • नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ।
  • नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्।

कबाठमाडौं। नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ।

नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्। खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए। उनले ६ ओभरमा कए मेडनसहित १६ रन दिएर ६ विकेट लिएका हुन्। लामिछानेको यो ओडीआई करिअरकै उत्कृष्ट बलिंग फिगर हो। उनले आफ्नो अन्तिम ओभरमा २ विकेट लिँदै अमेरिकालाई रेकर्ड सबैभन्दा कम स्कोरमा अलआउट गरे। नेपालले ओडीआईमा विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा रोकेको यो पहिलो हो।
सन्दीपलाई अर्का स्पीनर सुशान भारीलेअर्को इण्डबाट राम्रो साथ दिए। उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले कुल ४ विकेट लिएर भारीको पनि यो ओडीआई करिअरकै सबैभन्दा राम्रो प्रदर्शन हो। उनले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर ४ विकेट लिए।
नेपालले जारी लीगमा अमेरिकालाई पराजित गरिसकेको छ। आज त्रिकोणीय श्रृंखलाको अन्मित खेलमा पनि नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका हुन्। ३ देश रहेको श्रृंखलामा नेपाल ओमानसँग दुबै खेलमा पराजित भएको थियो। अमेरिका पनि ओमानसँग दुबै खेलमा र नेपालसँग एक खेलमा पराजित भइसकेको छ।
केही समयपछि ब्याटिंगका लागि नेपाल मैदानमा आउने छ। खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
पत्नी वियोगमा परेका पूर्व प्रधानमन्त्री नवाज शरिफ जेलमुक्त !
पत्नी वियोगमा परेका पूर्व प्रधानमन्त्री नवाज शरिफ जेलमुक्त !
सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति
सांगीतिक भविष्य खोज्दै पन्नाकाजीका नाति
मोदी जब चिप्लिएर लडे (भिडियो सहित)
मोदी जब चिप्लिएर लडे (भिडियो सहित)
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य
एसइई नतिजाः बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर