मिस क्विन लेखनाथको फाईनल शनिबार हुने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मिस क्विन लेखनाथको फाईनल शनिबार हुने !

सारांश

  • मिस क्विन लेखनाथ ब्युटी कन्टेस्टको फाईनल चरण शबिनार हुने भएको छ ।
  • युवतीहरुको प्रतिभा र क्षमता प्रष्फुटन मार्फत उनीहरुलाई सामाजिक विकासमा सरिक हुन सघाउने अभियान अन्तर्गत मिस क्विन लेखनाथ सिजन ३ को शनिबार पोखरा सभागृहमा फाईनल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
  • लेखनाथ मिडिया हाउसको आयोजनामा लेखनाथका ७ जना प्रतियोगीले फाईनल प्रतिस्पर्धा गर्ने भएको लेखनाथ मिडिया हाउसका अध्यक्ष एंव कार्यक्रम संयोजक सन्दीप पौडेलले बताए ।

मिस क्विन लेखनाथ ब्युटी कन्टेस्टको फाईनल चरण शबिनार हुने भएको छ । युवतीहरुको प्रतिभा र क्षमता प्रष्फुटन मार्फत उनीहरुलाई सामाजिक विकासमा सरिक हुन सघाउने अभियान अन्तर्गत मिस क्विन लेखनाथ सिजन ३ को शनिबार पोखरा सभागृहमा फाईनल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

लेखनाथ मिडिया हाउसको आयोजनामा लेखनाथका ७ जना प्रतियोगीले फाईनल प्रतिस्पर्धा गर्ने भएको लेखनाथ मिडिया हाउसका अध्यक्ष एंव कार्यक्रम संयोजक सन्दीप पौडेलले बताए । ४० जनाबाट विभिन्न चरणमा ७ जना अन्तिम फाईनलको लागि छनौट भएको पौडेलले बताए । करिब दुइ महिना अघि देखि उनीहरुलाई तालिम प्रदान गरिएको हो ।

छनौटका क्रममा उनीहरुलाइ विभिन्न तालिम, अवलोकन तथा अनुसन्धानमा सहभागी गराइएको थियो । शनिबार हुने अन्तिम प्रस्पिर्धामा युवतीहरुको बौद्धिक परीक्षण, शारीरिक सुन्दरता र अन्तरनिहीत प्रतिभाको मुल्यांकन गरिने संयोजक पौडेलले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुनेले टिभिएस बिगो स्कुटर, फस्ट रनरअपले नगद ५० हजार र सेकेन्ड रनरअपले नगद ३० हजार प्राप्त गर्ने पनि संयोजक पौडेलले बताए । कार्यक्रम गर्न करिब ७ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम श्रीकृष्ण प्रणामी वृद्धाश्रममा सहयोग गरिने आायोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?