प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३१, २०७९
|
|
३७ पटक हेरिएको
Shares
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक

सारांश

  • सत्ता गठबन्धनमा आबद्ध ५ दलको बैठक बालुवाटारमा जारी छ ।
  • प्रधानमन्त्रीको सरकारी निवासमा साढे नौ बजेबाट बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
  • बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध ५ दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवासमा साढे नौ बजेबाट बसेको बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार नै तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?