पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढ्यो
सारांश
- काठमाडौं,२१ असाेज ।
- सरकारले श्रमजीवी पत्रकारहरुको न्यनतम तलव २५ प्रतिशत बढाउने निर्णय गरेको छ ।
- आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।
काठमाडौं,२१ असाेज । सरकारले श्रमजीवी पत्रकारहरुको न्यनतम तलव २५ प्रतिशत बढाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अनुसार वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुने बताएका छन् । उनले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उल्लेख गरेका हुन्। अब श्रमजीवि पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ। विगत ३ वर्षयता पत्रकारको तलब समायोजन हुन सकेको थिएन।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया