इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन

सारांश

  • इलाम, मंसिर १७ – मंसिर २१ गते बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि इलाममा निर्वाचन सामग्रीसहित कर्मचारी खटिन थालेका छन् ।
  • चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीहरु लिएर कर्मचारीहरु धमाधम मतदान केन्द्रतिर खटिन थालेको इलामका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार जिल्लामा रहेका एक सय ४४ मतदान स्थलका दुई सय ६६ वटा मतदान केन्द्रमा तीन हजार २ सय ४ कर्मचारी परिचालन गरिएको हो ।

इलाम, मंसिर १७ – मंसिर २१ गते बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि इलाममा निर्वाचन सामग्रीसहित कर्मचारी खटिन थालेका छन् ।

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीहरु लिएर कर्मचारीहरु धमाधम मतदान केन्द्रतिर खटिन थालेको इलामका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका एक सय ४४ मतदान स्थलका दुई सय ६६ वटा मतदान केन्द्रमा तीन हजार २ सय ४ कर्मचारी परिचालन गरिएको हो । जसमा २ हजार २ सय ४ कर्मचारी र १ हजार स्वयमसेवक रहेका छन् ।

हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने कर्मचारी एक, तीन वटा मतपत्र दिने अलगअलग तीन कर्मचारी, दुईजना सहयोगी र दुईजना स्वयम्सेवक खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।

चार नगरपालिका, ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका छन् । जसमा एक लाख चार हजार छ सय ९४ पुरुष र ९९ हजार तीन सय ५० महिला र दुई जना तेस्रो लिङ्गी रहेका जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?