धुर्मुस-सुन्तली सद्भावना दूतमा नियुक्त
सारांश
- विराटनगर १३,माघ।
- प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दूतमा कलाकार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।
- आइतबार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेर सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)सँग औपचारिक सम्झौता गरेको छ।
विराटनगर १३,माघ। प्रदेश १ को सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दूतमा कलाकार सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।
आइतबार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेर सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)सँग औपचारिक सम्झौता गरेको छ। प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल र अभियान्ताहरू धुर्मुस सुन्तलीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘रोग लागेपछि उपचार गर्ने चिकित्सक उत्पादनमा करोडौं लगानी भइरहेको छ तर रोग लाग्न नदिने उपायको खोजी र प्रचारमा खास ध्यान पुगेको छैन, अब रोग लाग्नै नदिने सचेतनामा सबै लाग्नु पर्छ।’
सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैैं सफा गर्छु’ र ‘समुदायको सरसफाइमा मेरो दायित्व’ लगायत जनचेतनामूलक कार्यक्रम कार्यक्रम सञ्चालन गर्नेछन् ।
प्रतिक्रिया