प्रधानमन्त्री देउवाले राजीनामा नदिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाले राजीनामा नदिने

सारांश

  • काठमाडौं, माघ २६ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् ।
  • आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ ।

काठमाडौं, माघ २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आफैँले प्रतिनिधिसभा, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि आएपछि स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने निष्कर्ष प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले निकालेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रमुख सत्तारूढ दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचनको चक्र पूरा भएपछि वर्तमान सरकार स्वतः कामचलाउन हुने भएकाले राजीनामा दिनु र नदिनुको औचित्य नभएको बताए ।

‘वर्तमान सरकारको दायित्व स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचन गर्ने थियो, त्यो कार्य सरकारले अन्तिम चरणमा पुर्‍याएको छ,’ शर्माले भने ‘नयाँ जनप्रतिनिधि आएपछि पुरानो सरकार स्वतः कामचलाउ हुन्छ, राजीनामा दिनै पर्दैन । नयाँ जनमतअनुरूप बहुमत पुर्‍याउने दलको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका कांग्रेस नेता यज्ञबहादुर थापाले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरेपछि सरकारले आफ्नो दायित्व पूरा गरेको बताए । ‘सरकारले निर्वाचनको चक्र पूरा गरी आफ्नो दायित्व पूरा गर्‍यो,’ थापाले बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा भने, ‘निर्वाचनसँगै नयाँ जनमत आएको छ, त्यही जनमतअनुरूप बहुमत ल्याउनेले सरकार बनाउँछ, फागुन दोस्रो सातासम्म नयाँ सरकार बनिसक्छ ।’

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    K Raj Rajendra

    स्यालै रहेछ त

    Comment Author

    Ram Rai

    नकचराेलाई खै के भन्ने?

    Comment Author

    Chandra Singh

    ना छाेडने भय बालुवाटार हाेईना मसान घाट कुर्सी लगेर राख्देउ तेहि बस्छ साले गधा

    Comment Author

    Tilak Raj Khanal

    Sadakolagi Bidagarne Din Kaile Aaune6 Koni?

    Comment Author

    Bikash Gurung

    Bigreko manxe vatkeko ghar j j man lagxa tehi tehi gar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?