पत्रकार महासंघ सल्यानको अध्यक्षमा इच्छुक

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
१३४ पटक हेरिएको
Shares
पत्रकार महासंघ सल्यानको अध्यक्षमा इच्छुक

सारांश

  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन भएका छन् ।
  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशनबाट शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।
  • प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई जिल्लामा क्रियाशील चार पत्रकार सङ्गठनले स्वीकार गरेपछि उनी निर्वाचित भएका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशनबाट शर्मा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई जिल्लामा क्रियाशील चार पत्रकार सङ्गठनले स्वीकार गरेपछि उनी निर्वाचित भएका हुन् । उनी गोरखापत्र दैनिकसँग आबद्ध छन् ।
यस्तै महासंघको उपाध्यक्षमा प्रेस युनियनबाट भरत बस्नेत, महिला उपाध्यक्षमा क्रान्तिकारी पत्रकार सङ्गठनबाट प्रगति गिरी, प्रेस चौतारीबाट सचिवमा शङ्कर केसीलाई निर्विरोध चयन गरिएको छ ।

यस्तै सहसचिवमा शिवलाल डाँगी, समावेशी सहसचिवमा भीमबहादुर परियार र कोषाध्यक्षमा योगराज विश्वकर्मा निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत सिपी वलीले जानकारी दिए।

यस्तै सदस्यमा खुल्लातर्फ भक्तबहादुर केसी, ईश्वरी केसी, वीरेन्द्र डिसी, टीका केसी, कृष्णबहादुर वली, पूर्णचन्द्र शर्मा चयन भएका छन् । यस्तै जनजाति सदस्यमा बुद्धिमान पुन, महिलातर्फ सरिता चलाउने, र अस्मिता गिरी सर्वसम्वत् चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय पार्षदमा जीतप्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिकन विसी, डिल्लीराज रावत र पुरुषोत्तम गिरी चयन भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?