केशव स्थापितले विद्यासुन्दरलाई काँधमा बोके !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
१५६७ पटक हेरिएको
Shares
केशव स्थापितले विद्यासुन्दरलाई काँधमा बोके !

सारांश

  • काठमाडौं, २५ बैशाख– चुनावी घरदैलो कार्यक्रमबाट काठमाडौं महानगरमा एमाले उम्मेदवारहरुको टोली निर्वाचन सम्पर्क कार्यालय कान्तिपथ फर्कंदै थियो ।
  • टोलीमा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल, महानगर मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित, एमाले नेताहरु जीवनराम श्रेष्ठ, वसन्त मानन्धर लगायत थिए ।
  • बाटोमा भेटिएकाहरु काठमाडौंका चर्चित पूर्वमेयर केशव स्थापितलाई देखेर झुम्मिए ।

काठमाडौं, २५ बैशाख– चुनावी घरदैलो कार्यक्रमबाट काठमाडौं महानगरमा एमाले उम्मेदवारहरुको टोली निर्वाचन सम्पर्क कार्यालय कान्तिपथ फर्कंदै थियो । टोलीमा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल, महानगर मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित, एमाले नेताहरु जीवनराम श्रेष्ठ, वसन्त मानन्धर लगायत थिए ।

बाटोमा भेटिएकाहरु काठमाडौंका चर्चित पूर्वमेयर केशव स्थापितलाई देखेर झुम्मिए । उनीहरुको भीड नजिकै आएपछि स्थापितले काठमाडौं महानगरमा आफूले थालेका काम अघि बढाउने जिम्मेवारी विद्यासुन्दर शाक्यको भएको वताए । बटुवाहरुले स्थापितलाई प्रश्न गरे– तपाईंले मन भित्रैदेखि विद्यासुन्दरलाई समर्थन गर्नु भएको हो ?
अनि जवाफ दिने पालो आयो स्थापितको । उनले महानगरमा आफूले केही नयाँ काम थालनी गरेको र त्यो राम्रोसँग अघि बढ्न नसकेको वताउँदै उक्त काम पूरा गर्न विद्यासुन्दर शाक्यलाई अघि सारेको वताए । नजिकै रहेका मेयरका उम्मेदवार विद्यासुन्दरलाई स्थापितले काँधमा बोकेर भने– ‘अहिले म विद्यासुन्दरलाई काँधमा बोक्छु, पछि काठमाडौं महानगरलाई विद्यासुन्दरले काँधमा बोक्नुहुन्छ । हामी मिलेर काठमाडौं बनाउन लागेका छौं ।’ स्थापितले शाक्यलाई काँधमा बोकेपछि वरिपरीका सबैले ताली वजाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’
सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने
काठमाडौंका सात जनामा देखियो कोरोना, ६९७ जना डिस्चार्ज
संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय
संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै  ! कर्यक्रम संचालक बने यि कलाकार
अमिताभ बच्चनकाे कर्यक्रम नेपालमा सुरू हुँदै ! कर्यक्रम संचालक बने यि कलाकार

तपाईंले छुटाउनुभयो कि?