पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३० पटक हेरिएको
Shares
पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

सारांश

  • २२ मंसिर, पाँचथर ।
  • प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ ।
  • मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ ।

२२ मंसिर, पाँचथर । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ । मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ ।

पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भिष्मराज आङ्देम्बेले ४ हजार ३ सय २२ मत मतका साथ पछ्याइरहेका छन् ।

जम्मा १० हजार ४ सय ६० मत गणना भएकोमा ८ सय ७६ मत बदर भएको छ । मंसिर १० मा भएको निर्वाचन अन्तर्गत पाँचथरमा जम्मा ७७ हजार ६ सय ८२ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?