सामाजिक सञ्जालमा ‘ठग्स अफ हिन्दोस्तान’को मजाक

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा ‘ठग्स अफ हिन्दोस्तान’को मजाक

सारांश

  • एजेन्सी ।
  • दिपावलीको अवसरमा रिलिज गरिएको अमिर खान र अमिताभ बच्चन स्टारर चलचित्र ठग्स अफ हिन्दोस्तानको समाजिक सञ्जालमा खुलेर मजाक उडाइँदैछ ।
  •   चलचित्र रिलिज हुनुभन्दा अघि यसको ठूलो क्रेज थियो ।

एजेन्सी । दिपावलीको अवसरमा रिलिज गरिएको अमिर खान र अमिताभ बच्चन स्टारर चलचित्र ठग्स अफ हिन्दोस्तानको समाजिक सञ्जालमा खुलेर मजाक उडाइँदैछ । 

चलचित्र रिलिज हुनुभन्दा अघि यसको ठूलो क्रेज थियो । तर, रिलिज भएपछि सामालोचकहरुले चलचित्रको राम्रो रिभ्यु दिएका छैनन् । दोस्रोतर्फ सामाजिक सञ्जालमा पनि दर्शकहरुले चलचित्रको खिल्ली उडाउन शुरु गरेका छन् । कयौँले चलचित्रलाई अल्छीलाग्दो, वाहियात र फ्लप रहेको बताइरहेका छन् ।  योसँगै चलचित्रबारे मिम्स र चुटकिला यतिबेला भाइरल बनेका छन् ।

शाहरुख खानको जिरो पोस्टरलाई शेयर गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले चलचित्रलाई ‘जिरो’ रेटिङ दिएका छन् ।त्यस्तै, चलचित्रलाई २० मिनेट हेरेपछि एक दर्शकले आलिया भट्टको चलचित्र राजीको एक भिडियो सेयर गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् । त्यसमा आलिया रुँदै गरेको देखिन्छ ।

रेस ३ भन्दा खत्तम

केआरकेले ठग्स अफ हिन्दोस्तानको सार्वजनिक प्रतिक्रियाहरु सेयर गरेका छन् । यसमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘चलचित्रको पहिलो हाफ बेकार छ । स्क्रीनप्ले सुस्त छ । कथा बेकार छ । म थिएटरमा छु र ट्वीटर चलाइरहेको छु । यसबाट नै तपाईं अनुमान गर्न सक्नुहुन्छ चलचित्र कस्तो छ । योभन्दा राम्रो छ रेस–३ थियो । सलमानको रेस ३ लाई आइएमडीबी वेबसाइटले विश्वको १०० घटिया चलचित्रको सूचीमा सामेल गरेको थियो ।दर्शकले चलचित्र हेरेपछि अमिरको चलचित्र पीकेको एक डायलग सेयर गरेका छन् । जसमा अमिर भन्छन्, ‘मलाई घर जानु छ भगवान, तपाईं जे भन्नु हुन्छ म त्यही गर्छु । बस मलाई घर पुर्याइदिनु ।’ एक मीममा सेक्युरिटी गार्ड दर्शकलाई इन्टरभरको दौरान अमिताभको शो कौन बनेगा करोडपतिको डायलग बोलिरहेका छन् – तपाईं चहानुहुन्छ भने तपाईं छाड्न सक्नुहुन्छ ।

अर्को एक मिममा तपाईंले चलचित्रको साँझको टिकट बुक गर्नु भएको छ भने अमिताभको डायलग उचित छ – आज साँझ ६ बजे आफ्नो मृत्युसँग अप्वाइन्टमेन्ट छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित
नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित
आज सुनको मुल्य १ सयले बढ्यो
आज सुनको मुल्य १ सयले बढ्यो
नेपालमा पुराना छुकछुके रेल हैन, बुलेट ट्रेन चलाउन पर्छ : उद्योग परिसंघ
नेपालमा पुराना छुकछुके रेल हैन, बुलेट ट्रेन चलाउन पर्छ : उद्योग परिसंघ
राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !
राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
चैतभित्र विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रम ओली
चैतभित्र विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रम ओली
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
कम्बोडियाका प्रधानमन्त्रीद्वारा पाटन दरबारको अवलोकन, सम्पदा पुननिर्माणबारे चासो
प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले देलान् राजीनामा ? आजै कि फागुन ५ मा ?
प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले देलान् राजीनामा ? आजै कि फागुन ५ मा ?