तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे

सारांश

  • किरण श्रेष्ठ  तनहुँ – तनहुँका सबै जस्तो क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ ।
  • प्रदेश सभा(ख) बाहेक अरु सबैमा बाम गठबन्धन अगाडि रहेको छ ।
  • पछिल्लो अपडेट अनुसार तनहुँ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले ५ हजार ६ सय ६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ हजार ३ सय १५ मत ल्याएका छन् ।

किरण श्रेष्ठ 

तनहुँ – तनहुँका सबै जस्तो क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । प्रदेश सभा(ख) बाहेक अरु सबैमा बाम गठबन्धन अगाडि रहेको छ ।
पछिल्लो अपडेट अनुसार तनहुँ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले ५ हजार ६ सय ६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले ४ हजार ३ सय १५ मत ल्याएका छन् ।

किसानले पौडेलले भन्दा १२९१ मत बढी प्राप्त गरेका छ्न । यो राति १० बजे सम्मको अपडेट हो ।
त्यस्तै तनहुँ क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार केदार सिग्देलले अग्रता कायम गरेका छन। उनले ६ हजार २ सय  ६८ मत ल्याएका छ्न भने कांग्रेस उम्मेदवार शंकर भण्डारीले ४ हजार १ सय ३४ मत ल्याएका छन् । सिग्देलले मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरिरहेका छ्न ।

तनहुँ मतपरिणाम (.१०ः०० बजेसम्मको)

तनहुँ क्षेत्र नम्बर १

बाम ः कृष्ण कुमार श्रेष्ठ किसान –  ५६०६
काङ्ग्रेस (रामचन्द्र पौडेल) ४३१५
प्रदेश (क)
बाम (रामबहादुर गुरुङ्ग) – २५१३
काङ्ग्रेस (गोबिन्द भट्टराई) – १९१३
प्रदेश (ख)
बाम (हरिबहादुर चुमान)– १७५२
काङ्ग्रेस (रघु पौडेल)– १४७८

तनहुँ क्षेत्र नम्बर २
बाम (केदार सिग्देल) – ६२६८
काङ्ग्रेस ( शंकर भण्डारी स् ४१३४
प्रदेश (क)
बाम (आशा कोइराला) – १२३१
काङ्ग्रेस (प्रदीप पौडेल) १२२०
प्रदेश (ख)
बाम (किरण गुरुङ) – १११२
काङ्ग्रेस (ध्रुव वाग्ले) – १३६४

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rajesh Tamang Syangtan

    Good

    Comment Author

    Om Magar

    यही सुन्न हतार थिएँ एकदमै अरुलाई अाराेप र लान्छना लगाउदै बढी चुरिफुरी गर्दै थियो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?