डाक्टर केसीका माग : ‘चिकित्सा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ ?’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
डाक्टर केसीका माग : ‘चिकित्सा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ ?’

सारांश

  • काठमाडौं ।
  • डाक्टर गोविन्द केसी यसपटक राजनीतिक मुद्दासमेत माग राखेर अनसनमा छन् ।
  • उनले द्वन्द्वकालका घटनाका विषयलाई समेत आफ्नो अनसनको बुँदामा राखेका छन् ।

काठमाडौं । डाक्टर गोविन्द केसी यसपटक राजनीतिक मुद्दासमेत माग राखेर अनसनमा छन् । उनले द्वन्द्वकालका घटनाका विषयलाई समेत आफ्नो अनसनको बुँदामा राखेका छन् । उनको अनसनलाई सत्तारुढ दल नेकपाका नेता, सांसद योगेश भट्टराईले डा. केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन्।

सांसद भट्टराईले डाक्टर केसीका चिकित्सा शिक्षा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ भन्दै प्रश्न गरेका छन् । चिकित्सा शिक्षा विधेयकको नाममा नेपालको शान्ति प्रक्रिया, संविधान, सरकारविरुद्धको षड्यन्त्रमा डा. केसी अनसनमा राखिएको उनले बताए ।

‘चिकित्सा विधेयकको कुरा गरिरहँदा द्वन्द्वकालका मुद्दाको विषय कहाँबाट उठेको हो ? त्यससँग द्वन्द्वकालको मुद्दाको साइनो कहाँ छ ?’ सांसद भट्टराईले प्रश्न गरे, ‘चित्रलेखा यादव शिक्षामन्त्री हुँदा मेडिकल कलेज खोल्नका लागि आशयपत्र लिएका छन्। त्यसको विषयमा उहाँले कही प्रश्न उठाउनु भएको छैन ।’

सञ्चारमाध्यमसँग सांसद भट्टराईले चिकित्सा शिक्षा विधेयकबारे केसीका सबै माग सम्बोधन भैसकेको बताए । पछिल्लो अनसनमा द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर केसीले अनसन हलुका बनाएको टिप्पणी गरे ।

अहिले नाजायज माग लिएर राजनीतिक आक्रमणमा उत्रेको भट्टराईले बताए । जायज माग सम्बोधन गरिन्छ तर, नाजायज माग राखेर राजनीतिक आक्रमण गर्ने देखिएको उनले बताए ।
बुधबारदेखि केसीले इलाममा पुगेर सुरु गरेको १६ औं अनसनमा द्वन्द्वकालीन घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्नेलगायतका माग थपेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढी गाई गिद्दलाई जिम्मा
बूढी गाई गिद्दलाई जिम्मा
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
निजामती दिवसमा पुरस्किृत हुने ४० जना कर्मचारी को–को हुन् ? (सूचिसहित)
सुनको मूल्य प्रतितोला ३०० ले घट्यो
सुनको मूल्य प्रतितोला ३०० ले घट्यो
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल
फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
केपी ओलीसँग गोपाल किराती भिड्ने, रातारात यस्तो भयो भित्री सहमति
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !

तपाईंले छुटाउनुभयो कि?