वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
वेदकाे ऋचा सुनाउँदै टुँडिखेलबाट प्रधानमन्त्री ओलीको सम्बोधन !

सारांश

  • काठमाडाै, १५ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र र गरिबी सँगसँगै जान नसक्ने बताएका छन्।
  • गणतन्त्र दिवसको अवसरमा मंगलबार  टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गरिबी, शोषण, विभेद अन्त्यका लागि निर्वाचित स्थानीय सरकार तथा केन्द्र सरकार क्रियाशील रहेको दाबी गरे।

काठमाडाै, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र र गरिबी सँगसँगै जान नसक्ने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा मंगलबार  टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गरिबी, शोषण, विभेद अन्त्यका लागि निर्वाचित स्थानीय सरकार तथा केन्द्र सरकार क्रियाशील रहेको दाबी गरे।

राष्ट्रिय एकता अभिवृद्धि हुँदै गएको बताउँदै प्रधानमन्त्री अाेलीले छिमेकीहरुसँगको सम्बन्ध सुदृढ भएको दाबी गरे। राष्ट्रिय अखण्डतामा खलल र अशान्तिको पक्षपोषण गर्ने कुनै पनि क्रियाकलाप स्वीकार्य नहुने उनले बताए।

आफ्ना सम्बोधनमा कहिले रामायण त कहिलै महाभारतका श्लोक सुनाउने प्रधानमन्त्री ओलीले मंगलबार बिहान टुँडिखेलमा आयोजित कार्यक्रममा सबैभन्दा पुरानाे वेद ऋग्वेदको एउटा ऋचा सुनाका थिए।

‘गणतन्त्र वास्तवमै लोकतान्त्रिक व्यवस्था हो। यसै कारण मैले भन्दै आएको छु, गणतन्त्र केवल राजनीतिक विषय मात्र होइन, समग्र सामाजिक रुपान्तरणको विषय पनि हो। त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि सर्वजन हितायः सर्वजन सुखायः व्यवस्था हो।’

गणतन्त्रमा सबै प्राणी सुखी रहून् भन्ने सन्देश दिन प्रधानमन्त्रीले वेद ऋचाकाे साहरा लिएका हुन्। बुद्धले प्रयाेग गर्ने ‘भवतु सब्ब मंगलम’ अर्थात् सबै प्राणी सुखी रहून् भन्ने गाथा वेदबाटै प्रभावित भएकाे मानिन्छ। प्रधानमन्त्री अाेली प्राचीन ग्रन्थका श्लाेक साहरामा अाफ्नाे व्याख्यान प्रभावकारी बनाउन खप्पिस मानिन्छन्।

यस्ताे छ अाेलीले गरेकाे सम्बाेधन:

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
संवैधानिक निकायका प्रमुखज्यूहरु,
माननीय मन्त्री तथा संघीय संसदका माननीय सांसदहरु
कूटनीतिक नियोगका प्रमुखहरू,
विशिष्ट अतिथिहरू,
सञ्चारकर्मी मित्रहरू,

आज कै दिन एक दशकअघि हामीले गणतन्त्र घोषणा गरेका थियौं। जनताका प्रतिनिधिले जनताका लागि शासन गरुन, कुनै वंश विशेषको उत्तराधिकारीबाट हैन भन्ने तपाईहरुको चाहना यस घोषणबाट संबोधन गरिएको थियो।

यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका संपूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

‘पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपाली’को लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति आदरका साथ श्रद्धाञ्जली व्यक्त गर्दछु।

कुनै समय थियो, जनतामा निहित सार्वभौमसत्ता अन्तै कसैमा निहित छ भनिन्थ्यो। जनतालाई जनता हैन रैति ठानिन्थ्यो। देशको मूल कानूनलाई समेत कुनै वंश विशेषका उत्तराधिकारीको खल्तिको पर्चा जस्तो माानिएको थियो। र, कानून संविधान र सैैब भन्दा माथि त्यस्ता शासकलाई राखिन्थ्यो र

आज हामीले “हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता” भन्ने शब्दबाट हाम्रो संविधानको प्रस्तावना शुरु गरेका छौं। यसरी जनता सर्वाभौम हुन् र सार्वभौमसत्ता केवल जनतामा मात्रै निहित छ भन्ने संवैधानिक रुपमा लिपिवद्ध गरेका छौं।

तसर्थ, यो गणतन्त्र दिवस जनताको दिवस हो। आम नेपालीको दिवस हो।

गणतन्त्र दिवस, जनताको विजय र कुलिनतन्त्रको पराजयको दिन हो। एउटा प्रगतिशिल परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताको आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन हो।

लोकतान्त्रिक गणतन्त्र एक उन्नत विचार, दर्शन, मूल्य–मान्यतामा आधारित शासन पद्धति हो। त्यसैले आजको दिन, ‘जनताको अभिमतका आधारमा शासनसत्ता सञ्चालन हुने राजनीतिक प्रणाली स्थापना गर्ने’ नेपाली जनताको दशकौंदेखिको आकाङ्क्षा पूरा भएको दिन हो।

यो सामाजिक न्याय, प्रतिस्पर्धाका बीच श्रेष्ठता र योग्यता खोजिने प्रणाली पनि हो। समाजको विकास सँगसँगै गतिशील हुने यसको विशेषता हो।

जसरी लोकतन्त्र हामी नेपालीका लागि कसैले सापटीमा दिएको विधि नभएर हामीले लडेर स्थापना गरेको जीवन पद्धति हो, त्यसैगरी गणतन्त्र पनि नेपाली सभ्यता र परम्पराको हिस्सा र वर्तमानमा यथार्थ हो। दुनियाँमा लोकतन्त्रका मूल्य–मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासन–सत्ता सञ्चालन गर्ने अद्वितीय विधिको म स्मरण गर्न चाहन्छु।

आज हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरू, विगतका राजनीतिक अभ्यास र गन्तव्यको परिणाम, प्राप्ति, समाप्ति, पुनप्र्राप्तिजस्ता परिघटनाबाट गुज्रिदै आर्जेको नेपाली मौलिकतामा आधारित उत्कृष्ट व्यवस्था हो।

विकास, समृद्धि, सुशासन एवं स्थिरता हाम्रो गन्तव्य हो। गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्धको  कार्य हाम्रो मुख्य अभियान हो।

गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन्। सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो। यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन्। यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिंदै छन्।

गणतन्त्रलाई संस्थागत गर्ने, संविधानलाई कार्यान्वन गर्ने र लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा हामीले तीनवटै तहको निर्वाचन सम्पन्न गरिसकेका छौं। केन्द्रमा प्रगतिशिल, देशभक्त र जनपक्षीय सरकार छ। सातै प्रदेश तथा ७ सय ५३ स्थानीय तहमा जननिर्वाचित सरकार क्रियाशिल छ।

सुशासन र विकासको प्रतिबद्धतासहित संसदबाट सर्वसम्मतीले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। यसबाट राष्ट्रिय आकांक्षाको परिपूर्तिको दिशामा अघि बढ्न, राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति हामीलाई भएको छ।

छिमेकी र अन्य मित्र राष्ट्रहरुसँगको सम्बन्ध थप सुदृढ भएको छ। हाम्रा राष्ट्रिय आकांक्षा र आवश्यकताहरु पूरा गर्न, श्रोत–साधन, सामर्थ्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकुलता मिलेको छ।

यस्तो बेलामा यस मूल राष्ट्रिय भावधारामा आफूलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता कृयाकलाप कदापि उचित हुन सक्दैन।

अहिले हामीले रोजगारीको अवसर सिर्जना गर्ने उत्पादन बृद्धिमा जोड दिएका छौं। उपभोगका बस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं। आम जनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजनाहरु हाम्रा छनौट हुन् र अति विपन्न, बृद्ध, बालबालिका, अपाङ्ग, असक्त र गर्भवति महिलाहरु जनसंख्या भित्रका हाम्रा प्राथमिकता हुन्।

सबैलाई खाद्य व्यवस्था, सबैलाई आबास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थान विन्दू हो।

गणतन्त्र नै वास्तवमा लोकतान्त्रिक व्यवस्था हो। यसैकारण मैले भन्दै आएको छु, गणतन्त्र केवल राजनीतिक विषय मात्र  होइन, समग्र सामाजिक रूपान्तरणको विषय पनि हो। त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’  व्यवस्था हो।

यस्तो उज्यालो व्यवस्थामा जनताका मलिन अनुहारहरू प्रतिबिम्बित हुने विवशताको अन्त्य हामीले गर्नै पर्दछ।

त्यसका लागि दृढताका साथ आफ्नो कर्तव्य पूरा गर्न म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई यस दिवसका अवसरमा पुनःआह्वान गर्दछु।

फेरी एकपटक दोहर्‍याउने अनुमति चाहन्छु, यो गणतन्त्र नेपाली जनताको विजयको प्रतीक हो। त्यसैले आज हामीले मनाइरहेको विजयोत्सव हामी सम्पूर्ण नेपालीको उत्सव हो।

गणतन्त्र दिवस– २०७५ को शुभकामना।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम
बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
स्वास्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ -बजेट भाषाण
नागरिकता विधेयक निष्क्रिय

तपाईंले छुटाउनुभयो कि?