सपना साकार पार्न राम्रो नीति र व्यवहारका साथ अघि बढ्छाैं : ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर, मंसिर २५ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनुभएको छ ।
  • काठमाडाै‌ंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उहाँले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताउनुभएको हो ।
  • नयाँ परिणाममार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही व्यवहारका साथ अघि बढ्ने उहाँको भनाई छ ।

विराटनगर, मंसिर २५ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनुभएको छ ।

काठमाडाै‌ंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उहाँले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताउनुभएको हो ।

नयाँ परिणाममार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही व्यवहारका साथ अघि बढ्ने उहाँको भनाई छ ।

कांग्रेस लामो इतिहास बोकेको दल भएको र परिवर्तन ल्याउन कांग्रेसका नेताहरुसँग मिलेर अघि बढेको स्मरण गर्दै अध्यक्ष ओलीले कांग्रेससँग पनि मिलेर अघि बढ्ने बताउनुभयो ।

विपक्षीको सम्मान गर्नु लोकतन्त्रको मूल मर्म भएकाले त्यसै अनुसार अघि बढ्ने उहाँले बताउनुभयो । माओवादी र एमालेको एकताको कुरा पनि अब अघि बढ्ने ओलीको भनाई छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?