एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
४० पटक हेरिएको
Shares
एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !

सारांश

  • जकार्ता।
  • इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ ।
  • उक्त जहाजमा चालक दलका सदस्यसहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् ।

जकार्ता। इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्यसहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको छ । भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । उडान नं। जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

यो बिमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो । इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताए । उनले राडारसँगको सम्पर्क टुट्नुअघि बिमानले जकार्ता नै फर्कनका लागि अनुरोध गरेको समेत जानकारी दिए । तर जहाज फर्कन नपाउँदै जाभा समुद्रमा खसेको बताइएको छ ।  इन्डोनेसियाका हजारौँ द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षहरुमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ
चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
आजको राशिफल
आजको राशिफल
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा
छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ
छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ
अदालतप्रति ठडिएको औंला हेरेर काम गर्न प्रधानन्यायाधीश राणाको निर्देशन
अदालतप्रति ठडिएको औंला हेरेर काम गर्न प्रधानन्यायाधीश राणाको निर्देशन
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने
नक्कली असई बनेर एक लाख मागेपछि…
नक्कली असई बनेर एक लाख मागेपछि…