नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
२६ पटक हेरिएको
Shares
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो

सारांश

  • काठमाडौँ ।
  • श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ टोलीलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ ।
  • कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ३९ दशमल दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो ।

काठमाडौँ । श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ टोलीलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ३९ दशमल दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ८५ बलमा सात चौका प्रहार गर्दै ६५ रन बनाएका हुन् ।

त्यस्तै गुलसन झाले ३० बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए ।

यसैगरी सोमपाल कामीले १४ रन जोडे भने देव खनालले १५ तथा आसिफ शेखले सात रन बनाए । बलिङतर्फ भारत ‘ए’ का लागि निशान्त सिन्धुले चार विकेट लिए भने राजवर्धन हङ्गागेकारले तीन विकेट झारे । त्यस्तै हर्षित रानाले दुई विकेट लिँदा मानव सुथारले एक विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । यता भारतले युएई ‘ए’ लाई आठ विकेटले हराएको थियो ।

यसअघि नेपालमा आयोजना भएको एसिसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत भने स्वतः छनोट भएको हो । यस प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
आठौँ राष्ट्रिय खेलकूद र साग ढोकामा, रंगशाला भने अलपत्र
आठौँ राष्ट्रिय खेलकूद र साग ढोकामा, रंगशाला भने अलपत्र
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
निर्धारित तालिकाभन्दा एक दिन अघि नै राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
अर्थ समाचार : सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’

तपाईंले छुटाउनुभयो कि?