सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदसँगको छलफलमा प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन आग्रह गरे ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदसँगको छलफलमा प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन आग्रह गरे ।
पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाएका छन् । “पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ” प्रधानमन्त्रीले भने, “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहलाई निर्देशित गर्न सजिलो हुन्छ ।”
प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, सांसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने बताए । मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न जोड दिए ।कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन् । त्यसका लागि सांसदहरु मार्फत मन्त्रीले जनताका कुरा सुन्ने र आफ्ना कुरा पठाउने गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया