खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’

सारांश

  • चितवन,  २५ साउन ।
  •  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नेता गृहमन्त्री रामबहादुर थापा बादलले खड्गबहादुर विक प्रकाण्ड पक्राउबारे मुख खोलेका छन् ।
  • शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री बादलले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको बताएका छन् ।

चितवन,  २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नेता गृहमन्त्री रामबहादुर थापा बादलले खड्गबहादुर विक प्रकाण्ड पक्राउबारे मुख खोलेका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री बादलले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको बताएका छन् ।

प्रकाण्ड अपराधी हुन् भन्ने पत्रकारहरुको प्रश्नमा बादलले भने ‘नेपालको कानुनलाई जसले उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’ बादलले भने ‘म गृहमन्त्री हुँ, मैले कानुनको कार्यन्वयन गर्नुपर्छ त्यसैले अपराधीलाई नियन्त्रण लिँदा हत्कडी लगाइनु स्वभाविक हो ।’ प्रकाण्डले गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न भएर चन्दा आतंक मच्चाएकाले गृहमन्त्री बादलले बताए ।

विप्लवलाई राजनीतिक रुपमा समाधान खोज्न सरकारले सम्वादमा आउन आहृवान गरेको गृहमन्त्री बादलले बताएका छन् । त्यस्तै भक्तपुरमा भएको इन्काउन्टर फेक भएको हल्ला मात्रै भएको बताएका छन् । उनले भने ‘अपहरणकारीलाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?