संसद बैठकमा जानै नचाहने पनि फेरि सांसद चुनिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
संसद बैठकमा जानै नचाहने पनि फेरि सांसद चुनिए

सारांश

  • सिरहा, मंसिर २५ यसअघिका संसद बैठकमा कमै मात्र उपस्थिति हुने नेपाली कांग्रेसका प्रदीप गिरी सांसद चुनिनु भएको छ ।
  • सिरहा क्षेत्र नम्बर १ बाट उहाँ २३ हजार ९ सय ५१ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३ सय ७१ मत पाउनुभयो ।

सिरहा, मंसिर २५ यसअघिका संसद बैठकमा कमै मात्र उपस्थिति हुने नेपाली कांग्रेसका प्रदीप गिरी सांसद चुनिनु भएको छ ।

सिरहा क्षेत्र नम्बर १ बाट उहाँ २३ हजार ९ सय ५१ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३ सय ७१ मत पाउनुभयो ।

तेश्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका राजलाल यादवले १३ हजार ३ सय ५१ मत पाउनुभयो । गिरी सिरहाबाट दोश्रो पटक सांसद चुनिनु भएको हो । उहाँ बहुदल पुनर्स्थापनापछि २०५१ सालमा सिरहा ५ बाट निर्वाचित हुनु भएको थियो । त्यसपछि ०५६ सालको चुनावमा भने नेकपा एमालेका धर्मनाथ साहसँग पराजित हुनुभएको थियो ।

लोकतन्त्र स्थापनापछि २०६४ र २०७० सालको चुनावमा उहाँ समानुपातिकबाट संविधानसभामा पुग्नु भएको थियो ।दुई पल्ट संविधानसभा सदस्य बनेका गिरीले संविधानसभाबाट जारी भएको संविधानमा हस्ताक्षर भने गर्नुभएको छैन ।

उहाँ आफ्नो पार्टी नेपाली कांग्रेसको नीति विपरित संविधानमा हस्ताक्षर नगर्ने एक मात्र कांग्रेस सांसद हुनुहुन्छ । उहाँ संविधानसभाबाट जारी भएको संविधानप्रति असन्तुष्ट हुनुहुन्छ र संविधानको कडा आलोचक हुनुहुन्छ ।

उहाँले २०७० सालको चुनावपछि गठन भएको संविधानसभाको बैठकमा उहाँ सबभन्दा कम उपस्थित हुनेमा पर्नुहुन्छ । संविधान जारी भएपछिको रुपान्तरित संसदको बैठकमा पनि कमै मात्र उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?