न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की

सारांश

  • काठमाडौँ ।
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ ।
  • पुस्तकमा पूर्वप्रधानन्यायाधीश कार्की न्यायपालिकामा प्रवेश गर्दादेखि को को नेताले दबाब दिए, प्रभावमा पार्न खोजे र कसले के भन्यो सबैकुरा पुस्तकमा समेटेकी छिन् ।

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ । पुस्तकमा पूर्वप्रधानन्यायाधीश कार्की न्यायपालिकामा प्रवेश गर्दादेखि को को नेताले दबाब दिए, प्रभावमा पार्न खोजे र कसले के भन्यो सबैकुरा पुस्तकमा समेटेकी छिन् । उनले पुस्तक सार्वजनिक गर्दै भनेकी छिन् जे भोगें नढाँटी लेखें । आगामी पुस्ताले यी कुरा थाहा पाउनुपर्छ भन्ने उद्देश्यले लेखेकी हुँ ।

कार्कीले न्यायाधीश स्वतन्त्र र निर्भीक बन्न आवश्यक भएको बताएकी छन्। काठमाडौंमा शनिबार ‘न्याय’ नामक आत्मकथा सार्वजनिक गर्दै कार्कीले न्यायालयमा राजनीतिक दबाब पर्न नहुने बताइन्।

आफू न्यायपालिकामा हुँदा देखिएका कमीकमजोरी र हस्तक्षेपलाई आफूले नढाँटेर पुस्तकमा उल्लेख गरेको उनले दाबी गरिन्। ‘जे भोगें, कहीं कतै नढाँटी लेखेकी छु। म कुनै सम्भ्रान्त, शाही परिवार वा धनाढ्यकी छोरी पनि होइन,’ कार्कीले थपिन्, ‘कसैको चित्त दुखाउने हिसाबले होइन, भावी पुस्ताले विगतको जानकारी पाऊन् भन्ने लागेर बाहिर ल्याएँ । जे देखें, त्यही लेखें।’

पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।

पुस्तक विमोचनमा कार्कीले न्यायपालिका स्वतन्त्र भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउँदै न्यायालयमा वकालत गर्दा कमीकमजोरी तथा सुधारको कुरा पुस्तकमा उतारेको बताइन् ।
कार्यपालिकाबाट दबाब र प्रभाव पर्ने हो भने त्यसको असर सरकारलाई पनि पर्छ,’ कार्कीले भनिन्, ‘न्यायलयमा दबाब परेमा शक्ति सन्तुलनमा प्रभाव पर्न सक्छ। दबाब दिएमा एकतन्त्रीय शासनशैली बन्न सक्छ।’

प्रधानन्यायाधीशबाट अवकाश पाएको १५ महिनापछि उनले आत्मकथा सार्वजनिक गरेकी हुन्। उनले ३६० पृष्ठको आत्मकथामा आफ्नो बाल्यकालदेखि स्कुल, क्यापस जीवन, ३१ वर्षे वकालत पेसा, न्यायाधीश नियुक्ति, प्रधानन्यायाधीशसम्मको यात्रालाई समेटेकी छिन्। ११ महिनासम्म प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गरेकी कार्कीले उमेर हदका कारण २०७४ जेठ २३ मा अवकाश पाएकी थिइन्।

कार्यक्रममा कार्कीले सबै दलले एक भएर लोकतन्त्र ल्याएको उल्लेख गर्दै न्यायाधीशलाई स्वतन्त्र र निर्भीक बन्न सुझाइन्। कार्यपालिका, व्यवस्थापिकाबाट यदाकदा हुने त्रुटिलाई पनि न्यायपालिकाले व्यवस्थित गर्नसक्ने उनको भनाइ थियो। न्यायपालिका स्वतन्त्र भएमात्र लोकतन्त्र फस्टाउन सक्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?