कोत तथा दसैंघरमा फूलपाती भित्र्याइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १६, २०७९
|
|
३४ पटक हेरिएको
Shares
कोत तथा दसैंघरमा फूलपाती भित्र्याइयो

सारांश

  • काठमाडौँ  ।
  • विजया दशमीको सातौ दिन आज फुलपाती देशका विभिन्न कोत तथा दसैंघरमा फूलपाती भित्र्याइएको छ ।
  • विजया विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा देवीको पूजाआजा गरी फूलपाती भित्र्याइएको हो ।

काठमाडौँ  । विजया दशमीको सातौ दिन आज फुलपाती देशका विभिन्न कोत तथा दसैंघरमा फूलपाती भित्र्याइएको छ । विजया विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा देवीको पूजाआजा गरी फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमान ढोकाको दशैँघरमा महासप्तमीका दिन फूलपाती  भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । फूलपातीको बडाईंमा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दबहादुर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्री तथा वरिष्ठ सरकारी अधिकारीहरू उपस्थित थिए।

सिन्धुलीको कमलामाई नगरपालिका ४ को रक्तमाला मन्दिरको दसैंघरमा सामूहिक फूलपाती भित्र्याइएको छ । रक्तमाला मन्दिर परिसरमा सेना र प्रहरीले फूलपाती बढाइँ गरेका थिए । वाग्मती प्रदेशका संस्कृति‚ पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ फूलपाती भित्र्याउने तथा बढाइँ कार्यक्रममा सरिक भएका थिए ।

यसैगरी ताप्लेजुङमा पनि नेपाली सेनाको ब्यारेकबाट गएको सेना र सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयबाट फूलपाती भित्र्याएको छ । प्रहरीले भने हाङदेवा, दोखु, फुङलिङलगायत स्थानबाट अघिल्लै दिन फूलपाती ल्याउने गरेको छ ।

बडादसैंको सातौं दिन सोमबार धनकुटामा आयोजना गरिएको विशेष फूलपाती बढाइँ । उक्त अवसरमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी दिएको थियो ।
आइतबार धनकुटामा पनि विशेष बढाइँ आयोजना गरिएको छ । प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गराई तल्लो टुँडिखेलमा विशेष पूजापछि फुलपाती बढाइँ गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ
करार कर्मचारीको खल्तीमा १९ लाख  !
करार कर्मचारीको खल्तीमा १९ लाख !
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
नागनागिनीको कथा भ्रम मात्र’: डा श्रेष्ठ
नागनागिनीको कथा भ्रम मात्र’: डा श्रेष्ठ
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
सालकको खपेटा सहित पक्राउ
सालकको खपेटा सहित पक्राउ

तपाईंले छुटाउनुभयो कि?