रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी

सारांश

  • मंसिर २६, रामेछाप ।
  • रामेछापमा मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि सकिएको छ ।
  • समानुपातिकको भोटमा रामेछापमा एमाले पहिलो पार्टी बनेको छ ।

मंसिर २६, रामेछाप । रामेछापमा मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि सकिएको छ । समानुपातिकको भोटमा रामेछापमा एमाले पहिलो पार्टी बनेको छ ।

समानुपातिक तर्फको परीणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा एमाले पहिलो , नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् ।

निर्वाचनमा जम्मा खसेको ८९ हजार ५ सय ८७ मत गन्दा प्रतिनिधिसभा तर्फ नेकपा एमालेले कांग्रेसले भन्दा २ सय २५ बढी मत प्राप्त गरेको छ । मतपरीणाम अनुसार एमालेले २६ हजार ८ सय ५२ , नेपाली कांग्रेसले २६ हजार २ सय २७ र माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा तर्फ पनि नेकपा एमलेलेनै बढी मत पाएको छ । नेपाली कांग्रेसले भन्दा २ हजार २ सय ३६ मत बढी ल्याएर प्रदेश सभामा पनि एमाले पहिलो बनेको छ ।

प्रदेशसभातर्फ नेकपा एमालेले २६ हजार १ सय २ , कांग्रेसले २३ हजार ८ सय ६६ र माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत ल्याएका छन् ।

रामेछापबाट एमालेका जिल्ला सचिव आनन्द श्रेष्ठ प्रदेशसभाका लागि समानुपातिकमा परेका छन् । त्यसैगरी माअेवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाका लागि मैनकुमार मोक्तान र प्रदेशसभाका लागि लक्ष्मी गुरुङ समानुपातिकमा परेकी छिन् ।

माओवादी नेतृ लक्ष्मी गुरुङले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्यामकुमार श्रेष्ठको विरुद्धमा र नेता मैन कुमार मोक्तान रामेछाप प्रदेश ‘ख’ वाट निर्वाचित कैलाश प्रसाद ढुंगेलविरुद्धमा प्रदेशसभाका लागि बागि उम्मेदवार दर्ता गराएर फिर्ता लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरण: १६ जनालाई थुनामा पठाउन आदेश
नक्कली शरणार्थी प्रकरण: १६ जनालाई थुनामा पठाउन आदेश
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु
रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
अञ्जली चन्दलाई सागले दिएको खुशी
अञ्जली चन्दलाई सागले दिएको खुशी
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !
अभिनेता इरफान खानले रूवाउने चिठि पत्रकारलाइ पठाए, मेरो ओर्लने स्टेशन आइसकेको छ !
राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी दर्ता आज
राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी दर्ता आज
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा

तपाईंले छुटाउनुभयो कि?